काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ ।
बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले ‘कुलिङ अफ पिरियड’ प्रकरण स्मरण गर्दै मुख्यसचिवलाई यस्तो आग्रह गरेका हुन् ।
निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू गर्ने विषयमा सहमति भए पनि त्यसको प्रावधान निष्क्रिय हुने भाषा समेत विधेयकमा परेको भन्दै प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको उक्त समितिले राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहरिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन् । संसदीय छानबिनले परोक्ष रूपमा मुख्यसचिव अर्यालसहितका अन्य सरकारी कर्मचारीलाई पनि उक्त प्रकरणमा भएको गम्भीर त्रुटिमा जिम्मेवार देखाएको छ । यसै आधारमा कर्मचारीको हकमा पनि नैतिकता देखिनुपर्ने घर्तीको आग्रह छ ।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी स्वीकार्दै पद त्याग गर्नुभयो। तर, सोही प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न पदाधिकारीहरूले किन उस्तै नैतिक मानकको पालना गरेनन् ?’ सांसद घर्तीले प्रश्न गरे ।
उच्च पदस्थ कर्मचारीहरूले संविधान र कानुनको अगाडि सबै समान हुने प्रावधानको उल्लंघन हुने खालका कार्य नगर्न चेतावनी पनि उनले दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: