काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहार प्रकरणको पुनःअनुसन्धानमा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) गौर नरसंहारसम्बन्धी मुद्दाको छानबिन अघि बढाउन आदेश दिएपछि यस विषयमा प्रतिक्रिया दिँदै यादवले अदालतको निर्णयलाई आफूहरूले सम्मान गर्ने बताएका हुन् ।
अदालतले गौर नरसंहारका घाइते त्रिभुवन साहलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको हो । यादवले भने, “सरकारले अनुसन्धान अघि बढायो भने हामी निष्पक्ष सहयोग गर्न तयार छौं ।” उनले १८ वर्षअघि घटेको घटनाबारे तत्कालीन सरकारले अनुसन्धान गरी विभिन्न आयोगमार्फत प्रतिवेदन सार्वजनिक गरिसकेको पनि स्मरण गरे ।
उनका अनुसार, न्यायिक जाँचबुझ आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत सो घटनामा अनुसन्धान गरी प्रतिवेदन बुझाइसकेका थिए । यद्यपि करिब दुई दशकपछि मुद्दा पुनः अघि बढाउन खोजिनु राजनीतिक प्रतिशोध हुनसक्ने उनको आशंका छ ।
यादवले अझैसम्म सर्वोच्चको पूर्णपाठ आउन बाँकी रहेकाले निष्कर्ष निकाल्न हतार नहुने बताए । उनले आफू जनताको अधिकारका लागि लड्ने व्यक्ति भएकाले डराउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे ।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राईसमिल चौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यही घटनाका पीडित र घाइतेहरूले पटक–पटक जाहेरी दिए पनि छानबिन अघि नबढेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
अदालतले पुनःअनुसन्धान गर्न आदेश दिँदै गृह मन्त्रालय, प्रहरी मुख्यालयसहित सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: