Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

एमाले–कांग्रसको उपसभामुख हटाउने तयारीबीच प्रचण्डको ‘काउण्टर–मुभ’

विपक्षी दललाई एउटै छातामुनि गोलबन्ध गर्दै

खबरडबली संवाददाता

काठमाडौं ।  एमाले–कांग्रेस सरकारकाे उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दललाई एक ठाउँमा जुटाउँदै ‘काउण्टर–मुभ’ गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालयमा केहीबेरमा बस्न लागेको उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायत दलहरूको सहभागिता रहने छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकको उद्देश्य उपसभामुख हटाउने योजनाविरुद्ध साझा रणनीति बनाउने रहेको छ ।

प्रचण्डले यो कदममार्फत दुई सन्देश दिन खोजेका विश्लेश्षकहरु बताउँछन् ।  विपक्षी दलमा एकता कायम छ भन्ने देखाउने र  कांग्रेस–एमालेको गठजोडलाई प्रतिपक्षीय दबाबको रूपमा प्रस्तुत गर्ने।

उपसभामुख इन्दिरा राना रास्वपा निकट भएकाले उनी पदबाट हटे सत्ता पक्षलाई फाइदा र विपक्षीलाई ठूलो धक्का पुग्ने देखिन्छ । यही कारण प्रचण्डले विपक्षी दललाई एउटै छातामुनि ल्याई शक्ति प्रदर्शन गर्न खोजेको राजनीतिक विश्लेषण छ ।

यसअघि कांग्रेस र एमाले मिलेर दुईतिहाइको गणित मिलाउन प्रयासरत देखिएका थिए । तर साना दलको समर्थनबिना त्यो सम्भव नहुने अवस्था छ । यस्तो संवेदनशील घडीमा प्रचण्डको पहललाई ठूला दलको योजनाविरुद्ध ‘राजनीतिक कवच’को रूपमा हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending