काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले गौर हत्याकाण्ड पुनः ब्युँताएर सरकारले प्रतिशोधको राजनीति गर्न खोजेको आरोप लगाएका छन्। उनले लामो समयपछि गौर घटनालाई पुनः उठाएर वर्तमान सरकार विरोधी नेतामाथि कारबाहीको बाटो खोल्न चाहेको आरोप लगाए।
"घटना अत्यन्तै दुर्भाग्यपूर्ण थियो," बाह्रखरीसँगको कुराकानीमा त्रिपाठीले भने, "तर, १७–१८ वर्षपछि घटना ब्युँताएर के सन्देश दिन खोजिएको हो?" उनका अनुसार, सरकार अहिले समावेशी राजनीतिक प्रतिस्पर्धा नभई व्यक्तिगत र राजनीतिक प्रतिशोधको मैदानमा उत्रिएको देखिन्छ।
गौर हत्याकाण्ड सन्दर्भमा सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको केही दिनपछि त्रिपाठीको यस्तो प्रतिक्रिया आएको हो। यसलाई लिएर राजनीतिक वृतमा पुनः तरंग पैदा भएको छ।
यसैबीच, संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समिति बैठक बुधबार साँझ काठमाडौंको थापागाउँस्थित जनता प्रगतिशील पार्टीको कार्यालयमा बस्ने भएको छ। अध्यक्ष त्रिपाठीका अनुसार बैठकमा गौर हत्याकाण्डसँगै रुपन्देही–३ को उपनिर्वाचनको तयारीलगायतका विषयमा समेत गम्भीर छलफल हुने छ।
संघीय लोकतान्त्रिक मोर्चाभित्र रहेका दलहरूबीच संभावित एकताको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। मधेसकेन्द्रित दलहरूको जनाधार घट्दै जाँदा मोर्चाभित्र एकता गरेर अघि बढ्ने आवश्यकता महसुस हुँदै गएको र यसलाई औपचारिक रूप दिन बैठकले मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।
त्रिपाठीले सरकारलाई चेतावनी दिँदै भने, "राजनीतिक स्थायित्वको खोजी गर्नुको सट्टा प्रतिशोधको राजनीतिमा रमाउने प्रवृत्तिले मुलुकलाई गम्भीर संकटमा धकेल्न सक्छ।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १४:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...
माघ ५ गते, २०८२ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...
माघ ५ गते, २०८२ - १४:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...
माघ ५ गते, २०८२ - १३:१९
वाग्लुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...
माघ ५ गते, २०८२ - १३:१८
वाग्लुङ । पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...
माघ ५ गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...
माघ ५ गते, २०८२ - १२:३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...




प्रतिकृया लेख्नुहोस्: