बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेटिएको छ।
बर्दघाट–१४ मा रहेको दाउन्नेदेवी साना किसान सहकारी संस्थाबाट बुधबार वितरण गरिएको मलमा यस्तो वस्तु भेटिएको हो। सहकारीले ५० किलोको एक बोरा युरिया मल तीन किसानलाई बाँडफाँड गरेको थियो।
किसानले मलको बोरा घरमा लगेर खोल्दा भित्र ठोस, सिमेन्ट वा ढुङ्गा जस्तो देखिने वस्तु फेला परेको हो। किसान मानबहादुर ढकालका अनुसार बोरा तौल गर्दा उक्त वस्तुको तौल मात्रै करिब ४।५ किलो नापिएको छ।
“सानोतिनो वस्तु भेटिनु त सामान्य हो, तर यत्रो ठूलो ढुङ्गा बोरा भित्र हुनुले हामी अचम्ममा परेका छौँ,” ढकालले भने, “मल लिन त बिहान २ बजेदेखि लाइनमा बसियो, अनि उपहारमा यस्तो ढुङ्गा१”
ढकालका अनुसार ढुङ्गाको तौल कटाएर बाँकी मल तीन जनाबीच भाग लगाइएको थियो। उक्त युरिया मल कृषि सामग्री कम्पनी लिमिटेड मार्फत स्थानीय तहलाई उपलब्ध गराइएको हो।
स्थानीय किसान र सहकारीले घटनाप्रति आशंका जनाउँदै सम्बन्धित निकायसँग छानबिनको माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ११:५६
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...
माघ ५ गते, २०८२ - ११:४९
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्र...
माघ ५ गते, २०८२ - ११:४४
काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीक...
माघ ५ गते, २०८२ - १०:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई काठमाडौंका ३ वटा क्षेत्रमा उम्मेदवार चयन कठिन भएको छ । काठमाडौं–५ का लागि आकांक्षीहरुको जोड हुँ...
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...




प्रतिकृया लेख्नुहोस्: