काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरुले भनेअनुसार उत्पीडित जाति, वर्ग र समुदायले अधिकार पाउन नसकेको बताएका छन् ।नेपाल तामाङ घेदुङले लमजुङमा निर्माण गरेको तामाङ सांस्कृतिक भवन तथा संग्रहालयको उद्घाटन कार्यक्रमलाई भर्चुअल सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान जारी गर्दा पनि आफूहरुले असहमति राखेरै संविधान घोषणा गरिएको बताए । उनले भने, 'अझै पनि जस्तो सपना देखेको हो त्यो ठाउँमा पुग्न सकेनौँ । उत्पीडित जाति, वर्ग, समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो अनुसार संविधानमा राख्न सकिएन । सम्झौता गर्नुपर्ने अवस्था बन्यो । तर, पूर्णरुपमा अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छ भनेरै संविधान जारी गरेका हौँ । भिन्न मत पनि हामीले दर्ज गरेका छौँ । आन्दोलन फेरि पनि जारी छ ।'
अध्यक्ष प्रचण्डले विगतमा भन्दा उत्पीडित जाति, समुदाय र उत्पीडित वर्गका अधिकार संविधानमा अभिलेख गर्न सफल भएको पनि बताए । उनले भने, 'उत्पीडित जाति समुदाय, उत्पीडित वर्गका अधिकार विगत भन्दा त धेरै अधिकार पाएका छौँ । तर, तपाइँ हामीले देखेको सपनाअनुसार अधिकार पाएका छैनौँ । हामीले सरकारमा हुँदा सुशासनका पक्षमा, विकासका पक्षमा र सामाजिक न्यायका पक्षमा विशेष पहल गर्ने जमर्को गर्र्यौँ । त्यही काम गरेकै कारण पहिचान विरोधी, सुशासनविरोधीले हामीलाई सरकारबाट बाहिर जान बाध्य पारे ।'
तामाङ समुदायले जनयुद्धका क्रममा ठूलो सहभागिता र योगदान गरेको स्मरण गर्दै प्रचण्डले अहिलेको उपलब्धी त्यसैको जगमा रहेको बताए । उनले भने, 'जनयुद्धको प्रक्रियामा तामाङ समुदायको ठूलो सहभागिता थियो । त्याग र बलिदानका थुप्रै कृतिमान तामाङ समुदायका छोराछोरीले कायम गरे । हामी अहिले समानुपातिक, समावेशीतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको चौतारीमा आइपुगेका छौँ । तीनै वीर विरंगनाको त्याग र बलिदानको उपज हो । म तामाङ समुदायका ती वीर विरंगनासहित सबैप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहान्छु ।'
भदौँ तेस्रो हप्तादेखि फेरि सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा सक्रिय सहभागिता जनाउनका लागि उनले आग्रह गरे । यो भवन निर्माणको लागि प्रतिनिधि सभा सदस्य उर्मिला माझीको नेतृत्व र पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: