Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

माेरङ एमालेमा चरम बिबाद, अखिलमा दुई अध्यक्ष चयन

खबरडबली संवाददाता

माेरङ  । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।

एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ । 

शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले ओझालाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । अखिलका जिल्ला अध्यक्ष विरेन्द्र घिमिरेले यसअघि उपाध्यक्ष रहेका ओझालाई अनेरास्ववियु मोरङको संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिए । 

घिमिरे संगठनले जारी गरेको ३२ वर्षे उमेरहदका कारण कमिटीमा बस्न नमिल्ने भएपछि नयाँ संयोजक तोकिएको हो । ओझा सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । 

यता शनिवार नै अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य प्रिती दाहालको प्रमुख आतिथ्यता भएको भेलाले केराबारीका संगमलाई जिल्ला संयोजकका रुपमा चयन गरेको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव सन्तोस वान्तवा साथै अखिल कोशी प्रदेश कमिटी सहसंयोजक  नवराज घिमिरे लगायतका केही जिल्ला कमिटीका पदाधिकारी बैठकले वर्तमान संयोजक घिमिरेको उमेर हदका कारण पदमा बसिरहन नपाइने भएकाले संगमलाई जिम्मेबारी दिइएको जनाएको छ । संगम केरावारीको खदम क्याम्पसका स्ववियु सभापती हुन् ।

मोरङ्गमा एमाले संस्थापन पक्ष र इतर विच ठुलो विवाद रहदै आएको छ । एमाले जिल्ला अधिवेशनमा एलिसका वुवा समेत रहेका राजकुमार ओझा पराजित भएका थिए । मोरङ्ग एमालेमा संस्थापन इतरकाको बहुमत रहेको छ । जसको नेतृत्व विनोद ढकालले गर्दै आएका छन् ।

काल विद्या भण्डारी समुहले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय रहदै आएका छन् । संगमलाई समेत त्यसैको काउन्टर दिन संयोजक बनाइएको एकाथरीको टिप्पणी रहेको छ ।  जिल्ला स्तरमा दुई गुट देखीएपछि उत्पन्न विवाद समाधानका लागी पहल भएको एक एमाले नेताले जानकारी दिए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending