Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

माेरङ एमालेमा चरम बिबाद, अखिलमा दुई अध्यक्ष चयन

खबरडबली संवाददाता

माेरङ  । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको भन्ने विषयमा विवाद सिर्जना भएको छ ।

एकाथरीले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ । 

शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले ओझालाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । अखिलका जिल्ला अध्यक्ष विरेन्द्र घिमिरेले यसअघि उपाध्यक्ष रहेका ओझालाई अनेरास्ववियु मोरङको संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिए । 

घिमिरे संगठनले जारी गरेको ३२ वर्षे उमेरहदका कारण कमिटीमा बस्न नमिल्ने भएपछि नयाँ संयोजक तोकिएको हो । ओझा सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । 

यता शनिवार नै अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य प्रिती दाहालको प्रमुख आतिथ्यता भएको भेलाले केराबारीका संगमलाई जिल्ला संयोजकका रुपमा चयन गरेको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव सन्तोस वान्तवा साथै अखिल कोशी प्रदेश कमिटी सहसंयोजक  नवराज घिमिरे लगायतका केही जिल्ला कमिटीका पदाधिकारी बैठकले वर्तमान संयोजक घिमिरेको उमेर हदका कारण पदमा बसिरहन नपाइने भएकाले संगमलाई जिम्मेबारी दिइएको जनाएको छ । संगम केरावारीको खदम क्याम्पसका स्ववियु सभापती हुन् ।

मोरङ्गमा एमाले संस्थापन पक्ष र इतर विच ठुलो विवाद रहदै आएको छ । एमाले जिल्ला अधिवेशनमा एलिसका वुवा समेत रहेका राजकुमार ओझा पराजित भएका थिए । मोरङ्ग एमालेमा संस्थापन इतरकाको बहुमत रहेको छ । जसको नेतृत्व विनोद ढकालले गर्दै आएका छन् ।

काल विद्या भण्डारी समुहले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय रहदै आएका छन् । संगमलाई समेत त्यसैको काउन्टर दिन संयोजक बनाइएको एकाथरीको टिप्पणी रहेको छ ।  जिल्ला स्तरमा दुई गुट देखीएपछि उत्पन्न विवाद समाधानका लागी पहल भएको एक एमाले नेताले जानकारी दिए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending