Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मकवानपुरका स्थानीय तहबाट ३२ करोड सशर्त अनुदान फिर्ता

खबरडबली संवाददाता

हेटौँडा । आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्न नसकिएको ३२ करोड २२ लाख रुपैयाँ मकवानपुरका स्थानीय तहहरूले फिर्ता गरेका छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौँडाका प्रमुख दिनेश रेग्मीका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूबाट यो रकम फिर्ता भएको हो। सोही वर्ष मकवानपुरका स्थानीय तहहरूले सशर्त अनुदानतर्फ करिब दुई अर्ब ९४ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ तीन करोड ५० लाख रुपैयाँ पाएका थिए। तर, सशर्त अनुदानतर्फको ३२ करोडभन्दा बढी खर्च हुन नसकेपछि बजेट फिर्ता भएको रेग्मीले बताए।

किन खर्च गर्न सकेनन् स्थानीय तहले?

सशर्त अनुदान प्रायः शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता निश्चित क्षेत्रका कार्यक्रमका लागि छुट्याइन्छ। तर, विभिन्न कारणले स्थानीय तहहरूले समयमा योजना कार्यान्वयन गर्न नसक्दा बजेट फिर्ता गर्नु परेको हो।
“कार्यक्रम कार्यान्वयनमा ढिलाइ, तयारी अभाव र योजना प्रभावकारी रूपमा अगाडि नबढेकाले सशर्त अनुदान फिर्ता भएको हो,” प्रमुख रेग्मीले भने।

प्रदेश तहमै पनि अब्यवस्था र प्रणालीगत चुनौती

केवल स्थानीय तह मात्र होइन, बागमती प्रदेश सरकारले समेत ठूलो रकम खर्च गर्न सकेन। आव २०८१/८२ मा प्रदेश सरकारले पाएको ११ अर्ब ९६ करोडमध्ये ११ अर्ब ४७ करोड मात्रै खर्च गर्न सक्यो। नतिजा स्वरूप ४९ करोड रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

विकास खर्च समयमै गर्न नसक्ने समस्या नेपालका सबै तहका सरकारहरूको पुरानो रोग हो। योजना निर्माणमा ढिलाइ, ठेक्का प्रक्रियामा जटिलता, प्राविधिक जनशक्ति अभाव र नीतिगत अस्पष्टताले बजेट फिर्ता हुने अवस्था दोहोरिन्छ।

वित्तीय विश्लेषकहरूका अनुसार, “सशर्त अनुदान फिर्ता हुनु भनेको नागरिकलाई लक्षित सुविधा नै कटौती हुनु हो।”

मकवानपुर र बागमती प्रदेशमा देखिएको यो उदाहरणले देशभर स्थानीय र प्रदेश सरकारहरू बजेट उपयोगमा अझै परिपक्व बन्न नसकेको प्रष्ट पार्छ। योजनालाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउन नसक्दा करोडौँ रुपैयाँ राज्यको कोषमै बाँकी फर्कनु, अन्ततः आम जनतालाई बञ्चित बनाउने दुर्योग बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending