हेटौँडा । आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्न नसकिएको ३२ करोड २२ लाख रुपैयाँ मकवानपुरका स्थानीय तहहरूले फिर्ता गरेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौँडाका प्रमुख दिनेश रेग्मीका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूबाट यो रकम फिर्ता भएको हो। सोही वर्ष मकवानपुरका स्थानीय तहहरूले सशर्त अनुदानतर्फ करिब दुई अर्ब ९४ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ तीन करोड ५० लाख रुपैयाँ पाएका थिए। तर, सशर्त अनुदानतर्फको ३२ करोडभन्दा बढी खर्च हुन नसकेपछि बजेट फिर्ता भएको रेग्मीले बताए।
किन खर्च गर्न सकेनन् स्थानीय तहले?
सशर्त अनुदान प्रायः शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता निश्चित क्षेत्रका कार्यक्रमका लागि छुट्याइन्छ। तर, विभिन्न कारणले स्थानीय तहहरूले समयमा योजना कार्यान्वयन गर्न नसक्दा बजेट फिर्ता गर्नु परेको हो।
“कार्यक्रम कार्यान्वयनमा ढिलाइ, तयारी अभाव र योजना प्रभावकारी रूपमा अगाडि नबढेकाले सशर्त अनुदान फिर्ता भएको हो,” प्रमुख रेग्मीले भने।
प्रदेश तहमै पनि अब्यवस्था र प्रणालीगत चुनौती
केवल स्थानीय तह मात्र होइन, बागमती प्रदेश सरकारले समेत ठूलो रकम खर्च गर्न सकेन। आव २०८१/८२ मा प्रदेश सरकारले पाएको ११ अर्ब ९६ करोडमध्ये ११ अर्ब ४७ करोड मात्रै खर्च गर्न सक्यो। नतिजा स्वरूप ४९ करोड रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
विकास खर्च समयमै गर्न नसक्ने समस्या नेपालका सबै तहका सरकारहरूको पुरानो रोग हो। योजना निर्माणमा ढिलाइ, ठेक्का प्रक्रियामा जटिलता, प्राविधिक जनशक्ति अभाव र नीतिगत अस्पष्टताले बजेट फिर्ता हुने अवस्था दोहोरिन्छ।
वित्तीय विश्लेषकहरूका अनुसार, “सशर्त अनुदान फिर्ता हुनु भनेको नागरिकलाई लक्षित सुविधा नै कटौती हुनु हो।”
मकवानपुर र बागमती प्रदेशमा देखिएको यो उदाहरणले देशभर स्थानीय र प्रदेश सरकारहरू बजेट उपयोगमा अझै परिपक्व बन्न नसकेको प्रष्ट पार्छ। योजनालाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउन नसक्दा करोडौँ रुपैयाँ राज्यको कोषमै बाँकी फर्कनु, अन्ततः आम जनतालाई बञ्चित बनाउने दुर्योग बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: