काठमाडौं । देशका केही नदी तथा स-साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल नेपालको मौसम प्रणालीमा सक्रिय देखिएको मनसुन र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा भैरहेको छ। विशेषतः कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा भइरहेकाले नदीहरूमा पानीको बहाव बढ्न थालेको छ।
कुन नदीमा कति जोखिम?
आज बिहानको मापन अनुसार: कोशी, नारायणी, बागमती, कर्णाली तथा ती नदीका सहायक खोलाहरू, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूमा अहिलेको बहाव सतर्कता तहभन्दा तल नै छ।
तर, महाकाली नदीको बहाव भने सतर्कता तहको आसपास पुगेको महाशाखाले जनाएको छ।
यी जिल्लाका नदी खोलामा आकस्मिक बाढीको जोखिम रहेकाे बताइएकाे छ ।
मध्यम जोखिमको उच्च सम्भावना रहने जिल्लामा सिन्धुपाल्चोक, रसुवा, धादिङ र लमजुङ आसपासका क्षेत्रबाट बहने स–साना खोलाहरू रहेका छन् ।
मध्यम जोखिमको मध्यम सम्भावना रहने जिल्लामा नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी र डडेलधुरा रहेका छन् ।
यी क्षेत्रमा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। त्यसैले नदीनजिकका बस्ती, पुलपुलिया वा नदी तटसँग जोडिएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ।
कसरी सतर्क रहने?
नदी किनार, डुबान सम्भावित क्षेत्र तथा पहिरो सम्भावित बस्तीहरूमा बसोबास गरिरहेकाहरूले सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्नुपर्ने, आकस्मिक सूचना/साइरन सुनेपछि तत्काल सुरक्षित ठाउँमा जानुपर्ने, स्थानिय प्रशासन वा विपद् व्यवस्थापन निकायको सूचना ध्यानपूर्वक अनुसरण गर्नुपर्ने
मनसुन सक्रिय हुँदै गएको संकेत देखिएको छ। बाढीको जोखिम अझ बढ्न सक्ने भएकाले विशेषगरी पहाडी क्षेत्र र नदी किनारका बासिन्दाहरूले सावधानी अपनाउनु अत्यन्त जरुरी छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: