काठमाडौं । देशका केही नदी तथा स-साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल नेपालको मौसम प्रणालीमा सक्रिय देखिएको मनसुन र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा भैरहेको छ। विशेषतः कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा भइरहेकाले नदीहरूमा पानीको बहाव बढ्न थालेको छ।
कुन नदीमा कति जोखिम?
आज बिहानको मापन अनुसार: कोशी, नारायणी, बागमती, कर्णाली तथा ती नदीका सहायक खोलाहरू, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूमा अहिलेको बहाव सतर्कता तहभन्दा तल नै छ।
तर, महाकाली नदीको बहाव भने सतर्कता तहको आसपास पुगेको महाशाखाले जनाएको छ।
यी जिल्लाका नदी खोलामा आकस्मिक बाढीको जोखिम रहेकाे बताइएकाे छ ।
मध्यम जोखिमको उच्च सम्भावना रहने जिल्लामा सिन्धुपाल्चोक, रसुवा, धादिङ र लमजुङ आसपासका क्षेत्रबाट बहने स–साना खोलाहरू रहेका छन् ।
मध्यम जोखिमको मध्यम सम्भावना रहने जिल्लामा नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी र डडेलधुरा रहेका छन् ।
यी क्षेत्रमा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। त्यसैले नदीनजिकका बस्ती, पुलपुलिया वा नदी तटसँग जोडिएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ।
कसरी सतर्क रहने?
नदी किनार, डुबान सम्भावित क्षेत्र तथा पहिरो सम्भावित बस्तीहरूमा बसोबास गरिरहेकाहरूले सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्नुपर्ने, आकस्मिक सूचना/साइरन सुनेपछि तत्काल सुरक्षित ठाउँमा जानुपर्ने, स्थानिय प्रशासन वा विपद् व्यवस्थापन निकायको सूचना ध्यानपूर्वक अनुसरण गर्नुपर्ने
मनसुन सक्रिय हुँदै गएको संकेत देखिएको छ। बाढीको जोखिम अझ बढ्न सक्ने भएकाले विशेषगरी पहाडी क्षेत्र र नदी किनारका बासिन्दाहरूले सावधानी अपनाउनु अत्यन्त जरुरी छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: