काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आकस्मिक रूपमा स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार दिउँसो २ बजेका लागि बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, समसामयिक राजनीतिक परिस्थिति तथा एकताबाट आएका नेताहरूको जिम्मेवारी जस्ता एजेन्डा रहने तय थियो तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो।
बैठक स्थगित भएपनि आधिकारिक कारण स्पष्ट छैन। पार्टी कार्यालय सचिव गणेशमान पुनका अनुसार व्यस्त कार्यतालिकाका कारण बैठक बस्न नसकेको हो । “बस्ने कि भन्ने थियो, तर टाइट सेड्युल भएकाले आज नबस्ने निर्णय भएको हो,” पुनले भने ।
तर, केही नेताहरूले भने अध्यक्षविरुद्ध उपमहासचिव शर्माको पछिल्लो टिप्पणीलाई लिएर नेतृत्वस्तरमा छलफल आवश्यक परेकाले बैठक स्थगित भएको हुनसक्ने अनुमान गरेका छन्।
शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तक सार्वजनिक कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित अभिव्यक्ति दिएका थिए। प्रचण्डले केही दिनअघि “सरकारमा नभए पनि राजनीतिको खाँबो आफैंले थेगेको महसुस भएको” बताएका थिए।
त्यसको जवाफमा शर्माले “शेषनागले पृथ्वी बोकेको दन्त्यकथा भइसकेको छ, विज्ञानले पृथ्वी आफैं कसरी हल्लिन्छ भन्ने पुष्टि गरिसकेको छ” भन्दै टिप्पणी गरेका थिए।
यसअघि माओवादीको एक बैठकले शर्मासहितका गतिविधि लक्षित गर्दै गुटबन्दीले पार्टीभित्र समस्या बढाएको निष्कर्ष निकालेको थियो। त्यस क्रममा अध्यक्ष प्रचण्डले अपानी पठाउँदै शर्मालाई “आत्मालोचना नगरेको” भन्दै सचेत गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: