काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आकस्मिक रूपमा स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार दिउँसो २ बजेका लागि बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, समसामयिक राजनीतिक परिस्थिति तथा एकताबाट आएका नेताहरूको जिम्मेवारी जस्ता एजेन्डा रहने तय थियो तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो।
बैठक स्थगित भएपनि आधिकारिक कारण स्पष्ट छैन। पार्टी कार्यालय सचिव गणेशमान पुनका अनुसार व्यस्त कार्यतालिकाका कारण बैठक बस्न नसकेको हो । “बस्ने कि भन्ने थियो, तर टाइट सेड्युल भएकाले आज नबस्ने निर्णय भएको हो,” पुनले भने ।
तर, केही नेताहरूले भने अध्यक्षविरुद्ध उपमहासचिव शर्माको पछिल्लो टिप्पणीलाई लिएर नेतृत्वस्तरमा छलफल आवश्यक परेकाले बैठक स्थगित भएको हुनसक्ने अनुमान गरेका छन्।
शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तक सार्वजनिक कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित अभिव्यक्ति दिएका थिए। प्रचण्डले केही दिनअघि “सरकारमा नभए पनि राजनीतिको खाँबो आफैंले थेगेको महसुस भएको” बताएका थिए।
त्यसको जवाफमा शर्माले “शेषनागले पृथ्वी बोकेको दन्त्यकथा भइसकेको छ, विज्ञानले पृथ्वी आफैं कसरी हल्लिन्छ भन्ने पुष्टि गरिसकेको छ” भन्दै टिप्पणी गरेका थिए।
यसअघि माओवादीको एक बैठकले शर्मासहितका गतिविधि लक्षित गर्दै गुटबन्दीले पार्टीभित्र समस्या बढाएको निष्कर्ष निकालेको थियो। त्यस क्रममा अध्यक्ष प्रचण्डले अपानी पठाउँदै शर्मालाई “आत्मालोचना नगरेको” भन्दै सचेत गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: