Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सपना बाकसमा फर्किने देशः वैदेशिक रोजगारीको तितो यथार्थ

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल । हरेक दिन त्यहाँ एउटै दृश्य दोहोरिन्छ – एम्बुलेन्स र कफिन । 

परिवारजनको आँखामा आँसु, मुटुमा गाँठो, हातमा चुरोट र मुखमा प्रार्थना । उनीहरू आफ्ना प्रियजनलाई स्वागत गर्न होइन, अन्तिम पटक भेट्न पुगेका हुन्छन्।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पीडा तथ्याङ्कले स्पष्ट देखाउँछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार गत साउन महिनामा मात्र १७४ जना श्रमिकको शव ल्याइयो। गत आर्थिक वर्ष २०८१/८२ मा भने १,२५५ नेपाली श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन्।

मलेसिया, कतार, साउदी लगायतका मुलुकमा ‘हर्ट अट्याक’, कार्यस्थल दुर्घटना, असुरक्षित बासस्थान वा अस्वच्छ खानपानले ज्यान गुमाउने गरेको देखिन्छ। तर मृत्युका वास्तविक कारणबारे छानबिन गर्ने र दोषी ठहर गर्ने प्रणाली कमजोर छ। 

विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा नेपालीहरूको मृत्यु केवल संयोग होइन, बरु श्रम व्यवस्थापन, स्वास्थ्य सुरक्षा र सरकारी बेवास्ताको गम्भीर परिणाम हो। यी सबैको कथा एउटै छ, रोजगारीको अभाव, ऋणको चाप, घर–परिवारको भविष्यका लागि विदेशिने सपना। तर धेरैलाई त्यो सपना बाकसमा पराजित हुन्छ।

आमाको चित्कार

साउनको मध्यतिर वीरगञ्जकी एक आमा विमानस्थलमा कुवेतबाट आएका छोराको शव लिन पुगेकी थिइन् । आँखा रातो, शरीर काँपिरहेको, ओठ बर्बराइरहेका। उनले भनीन् – “तँ गइस् घर बनाउन, ऋण तिर्न, म त तेरो बिहे गर्न सपना देखेकी थिएँ‘ तर तेरो लास मात्र ल्याइयो।”

त्यो चित्कारले विमानस्थलमै रहेका सबैलाई रुवायो। तर, यो कुनै एक आमाको पीडा मात्रै होइन। हरेक दिन औसत ४–५ जना नेपालीको शव यस्तै बाकसमा नेपाल फर्किरहेको छ।

सरकार मौन, परिवार असहाय

कतार, साउदी, मलेसिया जस्ता मुलुकमा मृत्युका कारण प्रायः ‘हर्ट अट्याक’ भनेर उल्लेख हुन्छ। तर वास्तविक कारण अझै अस्पष्ट हुन्छ। कसैको कामको दबाबले, कसैको कार्यस्थल दुर्घटनाले, कसैको अस्वच्छ खानपान वा बासस्थानले ज्यान लिन्छ। तर छानबिन गर्ने, दोषी ठहर गर्ने र न्याय दिने प्रणाली भने कमजोर छ।

श्रमिकको मृत्यु भएपछि परिवारले दुःखसँगै आर्थिक बोझ पनि व्यहोर्नुपर्छ। बीमा रकम र राहत पाउन महिनौँ धाउनुपर्ने, दलाल वा मध्यस्थसँग जुध्नुपर्ने अवस्था रहन्छ।  यो विडम्बना त्यतिमै सीमित छैन – विदेशिएका श्रमिकले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ। तर जब त्यही श्रमिक बाकसमा फर्किन्छ, सरकारको समवेदना कागजमै सीमित हुन्छ।

नेपाली युवाले किन अझै वैदेशिक रोजगारी रोज्न बाध्य छन् ? किन स्वदेशमै रोजगारी सिर्जना गर्न सकिएको छैन ? किन स्वास्थ्य जाँचदेखि बीमा प्रणालीसम्म सबैकुरा कमजोर छन् ?
 यी र यस्ता प्रश्न हरेक नेपालीको मनमतिस्कमा आइरहेका छन् । तर, यी प्रश्नहरूको जवाफ सरकारसँग छैन। तर प्रत्येक बाकस, प्रत्येक आमाको चित्कार र प्रत्येक आँसु यही भन्छ – विदेशिएका नेपालीले केवल परिवारलाई होइन, मातृभूमिलाई पनि पालिरहेका छन्। तर सरकार मौन छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending