Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सपना बाकसमा फर्किने देशः वैदेशिक रोजगारीको तितो यथार्थ

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल । हरेक दिन त्यहाँ एउटै दृश्य दोहोरिन्छ – एम्बुलेन्स र कफिन । 

परिवारजनको आँखामा आँसु, मुटुमा गाँठो, हातमा चुरोट र मुखमा प्रार्थना । उनीहरू आफ्ना प्रियजनलाई स्वागत गर्न होइन, अन्तिम पटक भेट्न पुगेका हुन्छन्।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पीडा तथ्याङ्कले स्पष्ट देखाउँछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार गत साउन महिनामा मात्र १७४ जना श्रमिकको शव ल्याइयो। गत आर्थिक वर्ष २०८१/८२ मा भने १,२५५ नेपाली श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका छन्।

मलेसिया, कतार, साउदी लगायतका मुलुकमा ‘हर्ट अट्याक’, कार्यस्थल दुर्घटना, असुरक्षित बासस्थान वा अस्वच्छ खानपानले ज्यान गुमाउने गरेको देखिन्छ। तर मृत्युका वास्तविक कारणबारे छानबिन गर्ने र दोषी ठहर गर्ने प्रणाली कमजोर छ। 

विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीमा नेपालीहरूको मृत्यु केवल संयोग होइन, बरु श्रम व्यवस्थापन, स्वास्थ्य सुरक्षा र सरकारी बेवास्ताको गम्भीर परिणाम हो। यी सबैको कथा एउटै छ, रोजगारीको अभाव, ऋणको चाप, घर–परिवारको भविष्यका लागि विदेशिने सपना। तर धेरैलाई त्यो सपना बाकसमा पराजित हुन्छ।

आमाको चित्कार

साउनको मध्यतिर वीरगञ्जकी एक आमा विमानस्थलमा कुवेतबाट आएका छोराको शव लिन पुगेकी थिइन् । आँखा रातो, शरीर काँपिरहेको, ओठ बर्बराइरहेका। उनले भनीन् – “तँ गइस् घर बनाउन, ऋण तिर्न, म त तेरो बिहे गर्न सपना देखेकी थिएँ‘ तर तेरो लास मात्र ल्याइयो।”

त्यो चित्कारले विमानस्थलमै रहेका सबैलाई रुवायो। तर, यो कुनै एक आमाको पीडा मात्रै होइन। हरेक दिन औसत ४–५ जना नेपालीको शव यस्तै बाकसमा नेपाल फर्किरहेको छ।

सरकार मौन, परिवार असहाय

कतार, साउदी, मलेसिया जस्ता मुलुकमा मृत्युका कारण प्रायः ‘हर्ट अट्याक’ भनेर उल्लेख हुन्छ। तर वास्तविक कारण अझै अस्पष्ट हुन्छ। कसैको कामको दबाबले, कसैको कार्यस्थल दुर्घटनाले, कसैको अस्वच्छ खानपान वा बासस्थानले ज्यान लिन्छ। तर छानबिन गर्ने, दोषी ठहर गर्ने र न्याय दिने प्रणाली भने कमजोर छ।

श्रमिकको मृत्यु भएपछि परिवारले दुःखसँगै आर्थिक बोझ पनि व्यहोर्नुपर्छ। बीमा रकम र राहत पाउन महिनौँ धाउनुपर्ने, दलाल वा मध्यस्थसँग जुध्नुपर्ने अवस्था रहन्छ।  यो विडम्बना त्यतिमै सीमित छैन – विदेशिएका श्रमिकले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ। तर जब त्यही श्रमिक बाकसमा फर्किन्छ, सरकारको समवेदना कागजमै सीमित हुन्छ।

नेपाली युवाले किन अझै वैदेशिक रोजगारी रोज्न बाध्य छन् ? किन स्वदेशमै रोजगारी सिर्जना गर्न सकिएको छैन ? किन स्वास्थ्य जाँचदेखि बीमा प्रणालीसम्म सबैकुरा कमजोर छन् ?
 यी र यस्ता प्रश्न हरेक नेपालीको मनमतिस्कमा आइरहेका छन् । तर, यी प्रश्नहरूको जवाफ सरकारसँग छैन। तर प्रत्येक बाकस, प्रत्येक आमाको चित्कार र प्रत्येक आँसु यही भन्छ – विदेशिएका नेपालीले केवल परिवारलाई होइन, मातृभूमिलाई पनि पालिरहेका छन्। तर सरकार मौन छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending