Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

रुपन्देही–३ उपनिर्वाचन : रास्वापाका आकांक्षी रविलाई भेट्न नख्खु कारागारमा

आजै उम्मेदवार घोषणा गर्ने तयारी

खबरडबली संवाददाता

ललितपुर  । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्। उनी केही समयअघि भैरहवा कारागारबाट नख्खु सारिएका थिए। उम्मेदवार घोषणाअघि आकांक्षीहरू उनलाई भेट्न पुगेका हुन्।

रास्वपाले आजै सचिवालय बैठक बसाएर एक जनालाई उम्मेदवारको रूपमा घोषणा गर्ने तयारी गरेको छ। उम्मेदवार घोषणा हुनु केही समयअघि आकांक्षीहरू लामिछानेलाई भेट्न पुगेको घटनालाई पार्टीले नेतृत्वसँग अन्तिम छलफलको रूपमा हेरिएको छ।

रुपन्देही–३ मा पार्टीबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका थिए। तीमध्ये एकजनालाई उम्मेदवार बनाउने निर्णय आजै सार्वजनिक गरिनेछ।

रास्वपाका ९ आकांक्षी को–को?

रास्वपाले २०७८ साल साउन ७ देखि २१ गतेसम्म उम्मेदवारका लागि आवेदन खुला गरेको थियो । प्राप्त आवेदकमध्येबाट ९ जनालाई आधिकारिक आकांक्षीको रूपमा छनोट गरिएको छ । 

कुसुम महर्जन – पार्टी केन्द्रीय सदस्य, मधु अर्याल – रुपन्देही–३ का क्षेत्रीय सभापति, सुलभ खरेल – अमेरिका बसाइ सकेर हालै फर्किएका, सेमलार, बुटवल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता – कोटहीमाई, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल आकांक्षीको रूपमा रहेका  छन् । 

 यीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुर बाहेक अन्य सबैजना भैरहवा क्षेत्रका हुन्।

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको हो। बोहराको असामयिक निधनले यो निर्वाचन आवश्यक भएको हो।

रास्वपा नेतृत्वको पुनः परीक्षणको रूपमा हेरिएको यो उपनिर्वाचनमा पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा चासो बढिरहेको छ। कारागारमा रहेका सभापतिलाई आकांक्षीहरूले भेट्नुले उम्मेदवार चयनमा रविको भूमिकालाई अझै बलियो बनाएको देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending