Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

८८ खेलाडीबीच २३ स्वर्णका लागि प्रतिस्पर्धा, खेल सामग्री र ब्ल्याक बेल्ट वितरण

खबरडबली संवाददाता

काठमाडौं । जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा छैठौं इन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। एक दिवसीय सो प्रतियोगिता शनिबार काठमाडौं महानगरपालिका–२१ को आर्थिक सहयोगमा क्लब परिसरमा सम्पन्न भएको हो।

प्रतियोगितामा ८८ जना खेलाडीले २३ स्वर्ण, २३ रजत र ४६ काँस्य पदकका लागि विभिन्न समूहमा प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रमको उद्घाटन तथा पदक वितरण सत्रमा बागमती प्रदेश सरकारकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल के.सी., नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद ध्यान गोविन्द रन्जित, र क्लब अध्यक्ष राजेश प्रजापतिसहितको विशेष उपस्थितिमा सम्पन्न भयो।

त्यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्य तथा अर्थ–विकास समिति सभापति नुरज बज्राचार्य, जिल्ला समन्वय समिति अध्यक्ष सन्तोष बुढाथोकी, काठमाडौ महानगर प्रवक्ता तथा वडा–१७ अध्यक्ष नविन मानन्धर लगायत विभिन्न वडाका अध्यक्षहरू, नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्ष केशव पुरी, खेलकुद परिषद्का सदस्य–सचिव दिपक लामालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा काठमाडौँ महानगरपालिका–१२ का वडा अध्यक्ष बालकृष्ण महर्जनले जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई दुई लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरे।

यसै अवसरमा नेपाल तेक्वान्दो संघको वार्षिक तालिकाअनुसार सिनियर ग्रेडिङ परीक्षा पास गरी ब्ल्याक बेल्ट (पहिलो डान) प्राप्त गर्न सफल पाँच खेलाडीलाई प्रमाणपत्र र बेल्ट मन्त्री के.सी.ले वितरण गरेकी थिइन्।

तेक्वान्दोको माध्यमबाट प्रतिभा विकास

क्लव अध्यक्ष राजेश प्रजापतिले जैशिदेवल युथ क्लवले यस्ता प्रतियोगितामार्फत नेपाली तेक्वान्दोमा नयाँ र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको जानकारी दिए।

उनका अनुसार, विगतका यस्तै प्रतियोगिताबाट क्लबका धेरै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै मुलुकको नाम उचो पारिसकेका छन्।

क्लवले आफ्नै खर्चमा खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको र भविष्यमा पनि यो निरन्तरता कायम राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा महासचिव चन्द्र गोपाल प्रधानले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष प्रजापतिले समापन मन्तव्यसहित सबैलाई धन्यवाद दिएका थिए।

जैशिदेवल युथ क्लवको यो वार्षिकोत्सव र तेक्वान्दो प्रतियोगिता केवल खेलकुद गतिविधिमा सीमित नभई युवा प्रतिभाको पहिचान, विकास र राष्ट्रिय गौरव निर्माणको अभियानका रूपमा प्रस्तुत भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE