Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

नवलपरासीमा जापानीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु, डेंगुको जोखिम पनि बढ्दै

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। नवलपरासी जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफ्लाइटिस (जेई) रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले दिएको जानकारीअनुसार विगत डेढ महिनाको अवधिमा उनीहरूको निधन भएको हो ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका एकरएक जना पुरुष रहेका छन् । उनीहरू क्रमश: ७४, ६२ र ५० वर्षका थिए । उपचारका क्रममा उनीहरूको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जेईविरुद्धको खोप नलगाएकाहरूमा यो सङ्क्रमण देखिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने यी दुई रोगको जोखिम जिल्लामा बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार, जापानीज इन्सेफ्लाइटिस र डेंगुको जोखिमलाई ध्यानमा राख्दै समुदायस्तरमा लामखुट्टे नियन्त्रण र जनचेतना अभियान सञ्चालन गरिएको छ ।

यसैबीच, पश्चिम नवलपरासीमा डेंगु सङ्क्रमणले पनि चुनौती थपेको छ । सन् २०२५ को हालसम्म जिल्लामा नौ जनामा डेंगु पोजेटिभ देखिएको छ । वैशाखयता मात्रै सात जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार मौसममा पानी जम्ने स्थल र सरसफाइमा कमीका कारण यी रोगहरू तीव्र गतिमा फैलिरहेका छन् ।

चिकित्सकहरूका अनुसार, जापानीज इन्सेफलाइटिस क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक गम्भीर रोग हो । यो रोग लागेमा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने र कोमामा जाने सम्भावना हुन्छ ।

त्यसैगरी, एडिस एजिप्टी प्रजातिको लामखुट्टेमार्फत सर्ने डेंगीका सामान्य लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने र मांसपेशी दुख्ने जस्ता समस्या देखिन्छन् । गम्भीर अवस्थामा शरीरमा रक्तस्राव हुने र प्लेटलेट घट्ने समस्या हुन सक्छ ।

दुवै रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा महत्त्वपूर्ण उपाय हो । घर वरपर पानी जम्न नदिने, झुल लगाएर सुत्ने, पूरा बाहुला भएको लुगा लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending