Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एमालेमा ईश्वरको फरक मत– विद्याको सदस्यता खारेज गर्ने स्वेच्छाचारी निर्णय सच्याइयोस् (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खारेज गर्ने केन्द्रीय कमिटीको निर्णय स्वेच्छाचारी भन्दै तत्काल सच्याउन माग गरेका छन्।

बिहीबार बसेको सचिवालय बैठकमा लिखित रुपमै आफ्नो फरक मत दर्ज गर्दै केन्द्रीय कमिटीमा छलफलको एजेन्डामै नराखिएको विषयमा एकैपटक निर्णयका रुपमा सार्वजनिक गरिएको भन्दै त्यसमा आपत्ति जनाए। 

यस्तो उनको फरक मत- 

नेकपा (एमाले)को केन्द्रीय कमिटीको नवौं बैठक (५–६ साउन २०८२) मा पूर्व राष्ट्रपति तथा नेकपा (एमाले)का पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा प्रवेश तथा पार्टी सदस्यता सम्बन्धमा भएको छलफल तथा त्यहाँ स्वाभाविक नलाग्ने वातावरणमा सुनाइएको निर्णय सम्वन्धमा आफ्नो धारणा प्रस्तुत गर्न चाहन्छु।

यो मेरो आफ्नो मत पनि हो र त्यसै रूपमा यसलाई बैठकसमक्ष प्रस्तुत गर्न चाहन्छु। केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूचीमा समेत नराखिएको पूर्वउपाध्यक्ष÷पूर्वराष्ट्रपति कमरेड विद्यादेवी भण्डारीको २०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नवीकृत गरिएको पार्टी सदस्यता खारेज गर्ने निर्णय सुनाइएको थियो। मेरो विचारमा – त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारितालाई बढावा दिने काम गर्नेछ। यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तको रूपमा पनि उल्लेख हुनसक्छ।

लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानून अनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन मिल्दैन। हाम्रो पार्टीको विधान र हाम्रो पार्टीले लामै समयदेखि अवलम्वन गर्दै आएको पार्टी जीवनको लोकतान्त्रिकरणको अभ्यासले पनि यस्तो कुरालाई स्वीकार गर्दैन।

कमरेड विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि नेकपा (एमाले) को केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो र पार्टी निर्णयको पालना गरेर नै उहाँ नेपालको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो। त्यो जिम्मेवारी लिइरहंदा २०७२ साल कार्तिक १२ गते उहाँले जारी गर्नु भएको प्रेस नोटले यो कुरा स्पष्ट पार्दछ। उक्त पदमा रहँदा उहाँले पदको गरिमालाई उच्च बनाउनु भएको र पार्टीको प्रतिष्ठालाई समेत उच्च राखेको बारेमा कुनै विवाद छैन।

राष्ट्रपतिको पदावधि पुरा गरिसकेपछि एउटा जिम्मेवार नेपाली नागरिकका हैसियतले नेकपा (एमाले)का अध्यक्ष लगायतका पार्टीका अन्य नेताहरू, विभिन्न पार्टीका नेता, विभिन्न क्षेत्रका विज्ञ÷ विशेषज्ञ, आम नागरिकसित समेत लगातारको छलफलपछि सबैको सल्लाह सुझावमा नै आफूले पार्टी केन्द्रीय कार्यालयबाटै केन्द्रीय संगठन विभागबाटै) आधिकारिक रूपमा पार्टी सदस्यता नविकरण गरी पार्टी परिवारको सदस्य भएको तथ्य सार्वजनिक गरिसक्नु भएको हो।

हाम्रो पार्टीका अध्यक्ष क. केपी शर्मा ओली प्रमुख अतिथि रहनु भएको ‘जननेता मदन भण्डारी’को जन्मजयन्तीका दिन २०८२ साल असार १४ गते, राष्ट्रिय सभा गृहमा आयोजित भव्य सार्वजनिक कार्यक्रममा उहांले औपचारिक रूपमै आफूले पार्टी सदस्यता नविकरण गरिसकेको जानकारी गराउनुभएको थियो। पूर्व उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीले पनि नेकपा (एमाले) लाई यहाँसम्म ल्याइपुर्‍याउनका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको कुराप्रति हामी कसैको पनि विमती छैन। अहिले उहाँको जुन व्यक्तित्व बनेको छ – त्यो हाम्रो पार्टीका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको हामी सबैले स्वीकार गर्दै आएको तथ्य हो।

विद्यादेवी भण्डारी अहिले पार्टी परिवारको सदस्य हुनु वा पार्टीमा औपचारिक रूपमा जोडिनु कुनै पनि दृष्टिले नेपाल, नेपाली जनता, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाली समाजका लागि नोक्सानदायी विषय हुन सक्तैन। दलीय प्रणाली अन्तर्गत औपचारिक राजनीतिक निर्णयका आधारमा विशेष कामका लागि प्रदान गरिएको विशेष जिम्मेवारी पार्टीको विधानको धारा ९ को (३) को व्यवस्थालाई हामी सबैले बुझ्नुपर्ने आवश्यकता छ।

पार्टी केन्द्रीय संगठन विभागबाटै गरिएको उहाँको सदस्यता नविकरणको कुरा, पार्टी अध्यक्षसित उहाँको पटक–पटक भएका आपसी सम्वाद र पार्टी राजनीतिमा उहाँ पुनः जोडिने विषयमा त्यहाँ भए-गरिएका र सार्वजनिक संचार माध्यममार्फत बाहिर आएका अध्यक्ष कमरेडका स्पष्ट अभिव्यक्तिहरू, २०८२ जेष्ठ १० देखि १९ सम्म औपचारिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका तर्फबाट गरिएको निमन्त्रणालाई स्वीकार गरी पार्टी नेतृत्वसितको सल्लाह र योजनामा उहाँले नेकपा (एमाले) लाई प्रतिनिधित्व गर्दै गर्नु भएको औपचारिक भ्रमण र त्यस अवधिमा त्यहाँ उहाँले व्यक्त गर्नु भएका विचार आदि प्रशङ्गहरूले उहाँ पार्टी परिवारमा औपचारिक रूपमै सम्वन्धित बनिसक्नु भएको तथ्य स्वतः पुष्टि भइसकेको कुरा हो।

यस्तो वास्तविक पृष्ठभूमिलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीको नवौं बैठकमा पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को सदस्य समेत नरहने गरी, पार्टी राजनीतिमा समेत संलग्न हुन नपाउने गरी गरिएको निर्णय र त्यसपछि जारी गरिएको ‘अन्तर पार्टी निर्देशन – १२’ मा उल्लेख गरिएको सो विषय नेपालको संविधान, कानूनी प्रवन्ध र हाम्रो पार्टीको विधान प्रतिकूल रहेकोले त्यस निर्णयसित सहमत हुन नसकी विधान महाधिवेशन अगाडि आयोजना गरिएको यो सचिवालय बैठक समक्ष मेरो मत प्रस्तुत गर्दैछु।

अस्वभाविक वातावरणमा नवौं बैठकमा अन्तिम निर्णय सुनाउंदै बैठक समापन गरिएको, त्यसपछि राखिएको केन्द्रीय कमिटीको बैठक सूचनामार्फत अनिश्चित कालका लागि स्थगित गरिएका कारण अहिले सचिवालयको बैठकमा औपचारिक रूपमा मेरो विचार प्रस्तुत गर्न चाहन्छु। पार्टी र आन्दोलनमा पर्ने दूरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमति राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्था बमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्व निर्णयलाई सच्याइयोस् भनी अनुरोध (माग) गर्दछु।

२०८२-५-१९
ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending