काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमाथि भएको बर्बर दमनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकारको “उपादेयता समाप्त भएको” ठहर गर्दै तत्काल सरकार विघटनको माग गरेको छ। सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको आकस्मिक पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
राप्रपाले विज्ञप्तिमार्फत सरकारले भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवामाथि अन्धाधुन्ध बल प्रयोग मात्र नभई गोली प्रहारसम्म गरेर “आवाज निस्तेज पार्ने लाजमर्दो प्रयास गरेको” आरोप लगाएको छ। शान्तिपूर्ण प्रदर्शनमाथिको ‘जंगली रवैया’ले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र उदाङ्गो भएको ठहर पार्टीले गरेको छ।
“इतिहासकै क्रुर घटना”
बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले प्रदर्शनमा सहभागी निर्दोष युवाको बलिदानलाई नेपालको इतिहासकै “क्रुर र दुःखद अध्याय” को रूपमा चित्रण गरेको छ।
राप्रपाले भन्यो– “देश निर्माणको अभिलाषा बोकेर सडकमा उत्रिएका युवाले यस्तो निर्मम दमन सहनुपर्यो, यो घटना नेपाली इतिहासमै अद्वितीय रूपमा क्रुर छ।”
राप्रपाले प्रहरीको गोलीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। घाइते प्रदर्शनकारी र समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि पार्टीले गरेको छ।
साथै राप्रपाले जेनजी पुस्ताले अघि सारेका सुशासन, प्रविधि र सामाजिक न्यायका मुद्दाहरूप्रति स्पष्ट समर्थन र ऐक्यबद्धता जनाएको छ।
विज्ञप्तिमा अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न नसकेको दाबी गरिएको छ। पार्टीको ठहरमा, २०६२/६३ पछि आएको व्यवस्थाले युवाको सपना, आकांक्षा र भविष्य सुरक्षित गर्न सकेन, त्यसैले आजको आन्दोलन अपरिहार्य भएको हो।
राप्रपाले स्मरण गराएको छ कि, गत चैत १५ मा पनि सरकारले प्रदर्शनकारीमाथि अत्यधिक दमन गरेको थियो, तर त्यसबेलाको दण्डहीनताले आज सरकारलाई अझै हौस्याएको हो।
सरकारविरुद्ध निर्णायक आन्दोलन?
राप्रपाले हालको आन्दोलनलाई नयाँ पुस्ताले उठाएको विशुद्ध गैर–राजनीतिक र जनमुखी आवाजको रूपमा व्याख्या गर्दै चेतावनी दिएको छ– यदि अब फेरि निर्णायक आन्दोलन नगरे युवापुस्ता फेरि पनि निराशा र पीडामा फस्नेछन्।
राप्रपाको निष्कर्ष स्पष्ट छ– सरकारको उपादेयता सकिएको छ, तत्काल विघटन गरेर नयाँ समझदारीतर्फ जानुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: