काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमाथि भएको बर्बर दमनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकारको “उपादेयता समाप्त भएको” ठहर गर्दै तत्काल सरकार विघटनको माग गरेको छ। सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको आकस्मिक पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
राप्रपाले विज्ञप्तिमार्फत सरकारले भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवामाथि अन्धाधुन्ध बल प्रयोग मात्र नभई गोली प्रहारसम्म गरेर “आवाज निस्तेज पार्ने लाजमर्दो प्रयास गरेको” आरोप लगाएको छ। शान्तिपूर्ण प्रदर्शनमाथिको ‘जंगली रवैया’ले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र उदाङ्गो भएको ठहर पार्टीले गरेको छ।
“इतिहासकै क्रुर घटना”
बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले प्रदर्शनमा सहभागी निर्दोष युवाको बलिदानलाई नेपालको इतिहासकै “क्रुर र दुःखद अध्याय” को रूपमा चित्रण गरेको छ।
राप्रपाले भन्यो– “देश निर्माणको अभिलाषा बोकेर सडकमा उत्रिएका युवाले यस्तो निर्मम दमन सहनुपर्यो, यो घटना नेपाली इतिहासमै अद्वितीय रूपमा क्रुर छ।”
राप्रपाले प्रहरीको गोलीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। घाइते प्रदर्शनकारी र समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि पार्टीले गरेको छ।
साथै राप्रपाले जेनजी पुस्ताले अघि सारेका सुशासन, प्रविधि र सामाजिक न्यायका मुद्दाहरूप्रति स्पष्ट समर्थन र ऐक्यबद्धता जनाएको छ।
विज्ञप्तिमा अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न नसकेको दाबी गरिएको छ। पार्टीको ठहरमा, २०६२/६३ पछि आएको व्यवस्थाले युवाको सपना, आकांक्षा र भविष्य सुरक्षित गर्न सकेन, त्यसैले आजको आन्दोलन अपरिहार्य भएको हो।
राप्रपाले स्मरण गराएको छ कि, गत चैत १५ मा पनि सरकारले प्रदर्शनकारीमाथि अत्यधिक दमन गरेको थियो, तर त्यसबेलाको दण्डहीनताले आज सरकारलाई अझै हौस्याएको हो।
सरकारविरुद्ध निर्णायक आन्दोलन?
राप्रपाले हालको आन्दोलनलाई नयाँ पुस्ताले उठाएको विशुद्ध गैर–राजनीतिक र जनमुखी आवाजको रूपमा व्याख्या गर्दै चेतावनी दिएको छ– यदि अब फेरि निर्णायक आन्दोलन नगरे युवापुस्ता फेरि पनि निराशा र पीडामा फस्नेछन्।
राप्रपाको निष्कर्ष स्पष्ट छ– सरकारको उपादेयता सकिएको छ, तत्काल विघटन गरेर नयाँ समझदारीतर्फ जानुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: