काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनले मुलुकभर हलचल मच्चाइरहेको छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा हालसम्म दुई दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन्, सयौँ घाइते भएका छन् । यस्तो अवस्थामा जहाँ मानव अधिकारकर्मीको आवाज सबैभन्दा बुलन्द हुनुपर्ने थियो, त्यहाँ उनीहरूको मौनतामा प्रश्न उठेको छ।
विश्लेषकहरूका अनुसार अधिकारकर्मी मौन हुनुका केही कारण देखिन्छः
राजनीतिक आस्थाको असरः धेरैजसो अधिकारकर्मी कुनै न कुनै पार्टीसँग आस्थागत रूपमा गाँसिएका छन् । सत्तासँग टकराव हुने मुद्दामा उनीहरूले खुला रूपमा सरकारविरुद्ध बोल्न सकेका छैनन् ।
अन्तर्राष्ट्रिय समर्थन खोसिने डरः मानव अधिकार संगठनहरू प्रायः अन्तर्राष्ट्रिय निकाय वा दातृ निकायको सहयोगमा चल्छन् । यस्ता दाताहरूले “राजनीतिक तटस्थता” को अपेक्षा राख्ने भएकाले उनीहरूले सडकको आन्दोलनसँग प्रत्यक्ष जोडिन हिचकिचाइरहेका छन्।
आन्दोलनलाई ‘अव्यवस्थित’ ठान्ने दृष्टिकोणः जेन–जी आन्दोलन डिजिटल पुस्ताको स्वतःस्फूर्त विद्रोह हो। कुनै औपचारिक नेतृत्व नभएकाले अधिकारकर्मीहरूले यसलाई “अनियन्त्रित भीड” को रूपमा देखिरहेका छन्, जससँग खुलेर ऐक्यबद्धता जनाउन उनीहरू अलमलमा परेका छन्।
मौनतामाथि आलोचनाः अधिकारकर्मीहरूकै मौनतालाई लिएर सामाजिक सञ्जालमा आलोचना बढ्दो छ। एक प्रदर्शनकारीले भने, “हामीलाई गोली हान्दा उनीहरू टिभीमा बहस गर्छन्, तर सडकमा हामीसँग बस्दैनन्। अधिकारकर्मी नभएर यो त अवसरकर्मी पो रहेछन्।”
मानव अधिकार आन्दोलनकै जगमा जन्मेका अधिकारकर्मीहरू आज युवाहरूको रगत बग्दा किन मौन छन् भन्ने प्रश्न गहिरिँदै गएको छ। विश्लेषकहरूको भनाइमा, यो मौनता केवल व्यक्तिगत सुरक्षाको कारण नभई सिस्टमसँगको साँठगाँठ को नतिजा पनि हुन सक्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: