काठमाडौं । सोमबारको जनप्रदर्शनमा व्यापक दमन र नागरिकको ज्यान गएको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब तीव्र बनेको छ। एकातिर उनले मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिँदै सरकार स्थिर देखाउने प्रयत्न गरेका छन् भने अर्कोतर्फ आफू भने स्वास्थ्य उपचारको बहानामा दुबई प्रस्थान गर्ने तयारीमा रहेको स्रोतहरूले बताएका छन्।
प्रधानमन्त्री निकट एक उच्च स्रोतका अनुसार सोमबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन हिंसात्मक भएपछि मन्त्रीहरू राजीनामा दिन थालेका थिए। त्यसैबीच ओलीले एमालेका आफ्ना मन्त्रीलाई “संकटको घडीमा साथ नछोड्न” निर्देशन दिएका छन्। तर, पछिल्लो घटनाक्रमले सरकारलाई नै असुरक्षित बनाएको महसुस गर्दै उनले वैकल्पिक ‘भाग्ने बाटो’ खोजेको देखिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्रीले आवश्यकता परे स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्समार्फत दुबई प्रस्थान गर्ने तयारी मिलाइएको छ। अघिल्ला दिनमा पनि उनी विदेश भ्रमणलाई राजनीतिक संकट टार्ने माध्यम बनाउँदै आएको आलोचना हुँदै आएको थियो। यस पटक भने जनआन्दोलन चर्किदै जाँदा प्रधानमन्त्री आफैं असुरक्षित हुने डरले यस्तो योजना बनेको बताइन्छ।
दोहोरो भूमिका भन्दै आलोचना
प्रधानमन्त्रीको यो दोहोरो भूमिकाप्रति आलोचना सुरु भएको छ । एकातिर उनले संसद् र सरकारलाई चलायमान राख्ने, आन्दोलनलाई ‘घुसपैठको परिणाम’ भन्दै खारेज गर्ने अभिव्यक्ति दिइरहेका छन् ।
ओलीकै निर्देशनमा आन्दाेलनमा एमालेका कार्यकर्ताकाे घुसपैठ गराइ माओवादी र रास्वपाका नेताहरुलाई निसाना बनाइएकाे पनि आराेप रहेकाे छ ।
अर्कोतर्फ आफू सुरक्षित हुने उपायस्वरूप विदेश पलायनको तयारी गरेको भन्दै विपक्षी दलहरू र आन्दोलनकारीहरूले प्रश्न उठाइरहेका छन्।
आन्दोलनकारी अझै आक्रोशित
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवास, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाको घरतर्फ प्रदर्शनकारी पुगेर तोडफोड तथा आगजनी गरिसकेका छन्। यसले शीर्ष नेताहरू नै असुरक्षित भएको सन्देश दिएको छ। कर्फ्युका बाबजुद प्रदर्शन नथामिँदा ओली ‘सुरक्षा रणनीति’मा गम्भीर देखिएको स्रोतले बतायो।
राजनीतिक संकटबीच प्रधानमन्त्रीको ‘दोहोरापन’ खुलेर देखिएको भन्दै विश्लेषकहरूले टिप्पणी गरेका छन्। उनीहरूका अनुसार “जनतालाई थाम्न नसक्ने सरकार प्रमुख आफैं पलायनको तयारीमा हुनु नै मुलुकलाई थप अनिश्चिततामा धकेल्ने खतरा हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: