काठमाडौं । सोमबारको जनप्रदर्शनमा व्यापक दमन र नागरिकको ज्यान गएको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब तीव्र बनेको छ। एकातिर उनले मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिँदै सरकार स्थिर देखाउने प्रयत्न गरेका छन् भने अर्कोतर्फ आफू भने स्वास्थ्य उपचारको बहानामा दुबई प्रस्थान गर्ने तयारीमा रहेको स्रोतहरूले बताएका छन्।
प्रधानमन्त्री निकट एक उच्च स्रोतका अनुसार सोमबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन हिंसात्मक भएपछि मन्त्रीहरू राजीनामा दिन थालेका थिए। त्यसैबीच ओलीले एमालेका आफ्ना मन्त्रीलाई “संकटको घडीमा साथ नछोड्न” निर्देशन दिएका छन्। तर, पछिल्लो घटनाक्रमले सरकारलाई नै असुरक्षित बनाएको महसुस गर्दै उनले वैकल्पिक ‘भाग्ने बाटो’ खोजेको देखिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्रीले आवश्यकता परे स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्समार्फत दुबई प्रस्थान गर्ने तयारी मिलाइएको छ। अघिल्ला दिनमा पनि उनी विदेश भ्रमणलाई राजनीतिक संकट टार्ने माध्यम बनाउँदै आएको आलोचना हुँदै आएको थियो। यस पटक भने जनआन्दोलन चर्किदै जाँदा प्रधानमन्त्री आफैं असुरक्षित हुने डरले यस्तो योजना बनेको बताइन्छ।
दोहोरो भूमिका भन्दै आलोचना
प्रधानमन्त्रीको यो दोहोरो भूमिकाप्रति आलोचना सुरु भएको छ । एकातिर उनले संसद् र सरकारलाई चलायमान राख्ने, आन्दोलनलाई ‘घुसपैठको परिणाम’ भन्दै खारेज गर्ने अभिव्यक्ति दिइरहेका छन् ।
ओलीकै निर्देशनमा आन्दाेलनमा एमालेका कार्यकर्ताकाे घुसपैठ गराइ माओवादी र रास्वपाका नेताहरुलाई निसाना बनाइएकाे पनि आराेप रहेकाे छ ।
अर्कोतर्फ आफू सुरक्षित हुने उपायस्वरूप विदेश पलायनको तयारी गरेको भन्दै विपक्षी दलहरू र आन्दोलनकारीहरूले प्रश्न उठाइरहेका छन्।
आन्दोलनकारी अझै आक्रोशित
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवास, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाको घरतर्फ प्रदर्शनकारी पुगेर तोडफोड तथा आगजनी गरिसकेका छन्। यसले शीर्ष नेताहरू नै असुरक्षित भएको सन्देश दिएको छ। कर्फ्युका बाबजुद प्रदर्शन नथामिँदा ओली ‘सुरक्षा रणनीति’मा गम्भीर देखिएको स्रोतले बतायो।
राजनीतिक संकटबीच प्रधानमन्त्रीको ‘दोहोरापन’ खुलेर देखिएको भन्दै विश्लेषकहरूले टिप्पणी गरेका छन्। उनीहरूका अनुसार “जनतालाई थाम्न नसक्ने सरकार प्रमुख आफैं पलायनको तयारीमा हुनु नै मुलुकलाई थप अनिश्चिततामा धकेल्ने खतरा हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: