काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केही समय केशरमहलबाट सम्पादन हुने भएको छ । ‘जेनजी’ समूहको आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा ठुलो क्षति भएपछि केही समयका लागि केशरमहलबाट मन्त्रालयका सेवा सम्पादन हुने मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिए ।
केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमन कार्यालय रहेका छन् । ती दुवै कार्यालयलाई खुम्च्याएर मन्त्रालयको काम पनि त्यहीँबाट नियमित सञ्चालन गर्न लागिएको हो । २०७२ सालको भूकम्पमा क्षति भएको केशरमहल भर्खरै मात्रै निर्माण सम्पन्न भएको हो । उक्त मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो ।
शुक्रबार मुख्य सचिव एकनारायण अर्याल नेतृत्वको टोलीले मन्त्रालयको अवलोकन गरेको थियो । सचिव पौडेलका अनुसार मन्त्रालयमा भौतिक संरचनामा क्षति पुगे पनि कागजपत्र भने सुरक्षित छन् । भूमिस्थ पार्किङमा राखिएका सवारीसाधन पनि जलेर ध्वस्त भए । माथिल्लो तलामा भने तोडफोड मात्रै भएको छ । आगलागीको प्रभाव देखिएको छैन । मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र प्रदानलगायत अनलाइनबाट प्रदान गरिने सेवा भने नियमित रहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - १३:२९
विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आग...
माघ २ गते, २०८२ - १३:२८
काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनि...
माघ २ गते, २०८२ - १२:२९
सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्र...
माघ २ गते, २०८२ - १२:२७
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ...
माघ २ गते, २०८२ - १२:१९
झापा । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्...
माघ २ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो । ...
माघ १ गते, २०८२ - २१:५५
काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...
माघ १ गते, २०८२ - १९:५६
काठमाडौं । “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...
माघ १ गते, २०८२ - १९:५२
निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा
माघ १ गते, २०८२ - १९:४२
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...




प्रतिकृया लेख्नुहोस्: