काठमाडाैं । नेपालको नवीनतम् आन्दोलन — जेन जेड आन्दोलन — ले देशभरका युवा पुस्ताको आकांक्षा र आक्रोशलाई सडकमा उतार्यो । यो आन्दोलनले पुराना दलहरूको असफलता र पुरानो पुस्ताको असंवेदनशीलतालाई प्रश्नमाथि प्रश्न खडा गर्यो । तर, आन्दोलनकाे मूल ध्येयसँगै अहिले यसको नेतृत्वको स्वरूपले पनि बहसको ठाउँ लिएको छ।
मिरज ढुंगाना सुरुवाती दिनदेखि नै यो आन्दोलनको ‘फ्रन्टलाइन’मा देखिएका थिए । माइक समातेर युवाको असन्तोषलाई स्वर दिने, रणनीति तय गर्ने र आन्दोलनलाई जनपक्षीय बनाउन उनले गरेको मेहनत महत्त्वपूर्ण थियो । तर आन्दोलन बलियो हुँदै गएपछि सुदन गुरुङको नाम अगाडि आउन थाल्यो । गुरुङले कूटनीतिक हैसियत, मिडिया प्रोजेक्सन र नेटवर्किङमा बाजी मार्न सफल भए । आज जनतामाझ आन्दोलन भन्नासाथ गुरुङलाई “मुख्य नेतृत्व” मान्ने प्रवृत्ति बढेको छ ।
यही अवस्थाले पुरानो भनाइलाई पुनः जिउँदो बनाएको छ— “काम गर्ने कालु, मकै खाने भालु।” ढुंगानाले आन्दोलनलाई जग बसाले, तर श्रेय गुरुङले पाइरहेका छन् । नेपालको इतिहास हेर्दा यस्ता विडम्बना नयाँ होइनन्।
२००७ सालको क्रान्तिमा सडकमै प्राण गुमाउने कार्यकर्ताहरू गुमनाम भए, तर श्रेय शीर्ष नेताहरूले मात्र पाए। २०४६ सालको जनआन्दोलनमा युवाले छाती तानेर गोली खेपे, तर सत्ताको सिँढीमा चढ्नेहरू अर्कै भए।
२०६२/६३ सालमा टोल–टोलमा रातभर बत्ती बालेर आन्दोलन धानेका हजारौं युवाको नाम हरायो, तर सत्ता बाँडफाँड केही नेतामाझ मात्र सिमित रह्यो। जेन जेड आन्दोलन अहिले त्यही दोहोरिने खतरा बोकेको छ। ढुंगाना–गुरुङ प्रकरण यसको एउटा प्रस्ट संकेत हो।
सफल आन्दोलन केवल व्यक्तिको चमक वा मिडिया हाइहाइमा टेकिन्न। यसको आधार हुन्छ सामूहिक नेतृत्व, पारदर्शिता र श्रेयको समान बाँडफाँड। नेतृत्वमा श्रेयको असमानता रह्यो भने, आन्दोलनभित्रै आन्तरिक असन्तोष जन्मिन्छ, जुन बाह्य दबाबभन्दा पनि घातक हुन सक्छ।
युवाहरूले खोजेको परिवर्तन केवल नाम र अनुहार बदल्ने होइन, शैली बदल्ने हो। यदि जेन जेड आन्दोलनले पुरानै त्रुटि दोहोर्यो भने, ढुंगाना जस्ता मेहनती अग्रपंक्तिका नाम फेरि इतिहासकै पानामा हराउनेछन्, र गुरुङ जस्ता चम्कने पात्रले मात्रै श्रेय ओगट्नेछन्। याे आन्दाेलनकाे नेतृत्व गर्न ढुंगाना अहिले गुमनाम नै भएका छन् । यनी २३ गते पछाडी कहीँ कतै देखीएका पनि छैनन् । कतियले त सामाजिक सञ्जालमा उनलाई अपहरण भएकाे हुन सक्ने समेत बताउन थालेका छन् ।
अन्ततः, आन्दोलन कसले नेतृत्व गर्यो भन्नेभन्दा पनि कस्तो संरचना बनायो, कति न्यायपूर्ण ढंगले श्रेय बाँडियो, र कति जनअपेक्षा पुरा भयो भन्ने कुरामै यसको सफलता नापिनुपर्छ । अन्यथा, “काम गर्ने कालु, मकै खाने भालु” भन्ने विडम्बना फेरि एकपटक नेपाली इतिहासमा अंकित हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...



प्रतिकृया लेख्नुहोस्: