काठमाडौँ। दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, बिछोड र तामाङ संस्कृतिको चित्रण गरिएको छ। पारिवारिक कथामा आधारित फिल्मले दर्शकमाझ चर्को उत्साह जगाएको छ।
मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा रविन शेरचन र धिरज तामाङ लगानीकर्ता छन् भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रूपमा छन्। रामशरण पाठकले कथा लेखेका हुन्। छायाङ्कन सुशन प्रजापतिले, सम्पादन सुरेन्द्र पौडेलले र सह–सम्पादन अंकित तिवारीले गरेका छन्।
रोहित अधिकारी फिल्म्स प्रा. लि.को ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा विशेष गरी केदार प्रसाद घिमिरेको कमेडीले दर्शकको ध्यान आकर्षित गरेको छ। फिल्मले तामाङ संस्कृतिको कथालाई पनि बलियो रूपमा उठाएको छ।
संगीत स्वर्गीय जयदेवको रहेको फिल्ममा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको VFX, साहिल खानको ट्रेलर र अष्ट महर्जनको एक्सन समावेश गरिएको छ।
दशैंको समयमा पारिवारिक कथा चलचित्रले राम्रो प्रतिसाद पाउने भएकाले ट्रेलर सार्वजनिक भएदेखि नै ‘माइतीघर’ दर्शकको बीचमा प्रतिक्षित बनेको छ। फिल्मको शीर्ष गीतले पनि दर्शकको मन जितिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: