काठमाडौँ । लगातार पहिरो र सडक अवरुद्ध हुँदा यातायात व्यवसायीहरूले रात्रिबसलाई दिउँसो सञ्चालन गर्न माग गरेका छन्। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा व्यवसायीहरूले रातको समयमा पहिरो खस्ने जोखिम बढेकाले बस दिनको समयमा मात्र चलाउन उचित हुने बताएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भने, “हिजोदेखि बाटोको अवस्था निकै नाजुक बनेको छ। ४–५ घण्टासम्म सडक अवरुद्ध हुन थालेको छ। बर्खाको बेला राति पहिरो झर्ने सम्भावना बढी हुन्छ, त्यसैले दिउँसो नै बस चलाउनु उपयुक्त हुन्छ।”
यस्तै, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुग्लिन, दाउन्ने, आँबुखैरेनी र चौकी डाँडाजस्ता मुख्य सडक अवरुद्ध हुँदा आवतजावत अस्तव्यस्त बनेको बताए। उनका अनुसार परिस्थिति हेरेर अहिले दुई/तीन दिनका लागि मात्र टिकट बुकिङ खुला गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन तत्काल आन्तरिक छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
मन्त्रालयका सचिव केशवकुमार शर्माले भने, “पृथ्वी राजमार्ग र मुग्लिन खण्डको तुइन खोलामा रातिदेखि सडक रोकिएको छ। बिहान सुख्खा पहिरो खस्यो, जति गरे पनि झरिरहन्छ। तर सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र मेसिन पुग्ने व्यवस्था मिलाएको छ। विशेष परिस्थितिमा बाहेक ४ देखि ६ घण्टाभित्र सडक खुलाउने प्रयास गर्नेछौं।”
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...
माघ १ गते, २०८२ - ११:०३
काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...
माघ १ गते, २०८२ - १०:५७
काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ । ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...
माघ १ गते, २०८२ - १०:५६
नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...
माघ १ गते, २०८२ - १०:५२
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे । पाल्पाको ...
माघ १ गते, २०८२ - १०:४३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति ...
माघ १ गते, २०८२ - १०:४१
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन...
माघ १ गते, २०८२ - १०:३२
काठमाडौं । सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई ...
माघ १ गते, २०८२ - १०:२०
काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्ने क्रममा छ । तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटि...




प्रतिकृया लेख्नुहोस्: