Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

पार्टी पुनर्गठनका लागि सभापतिले नमाने हटाइन्छ, म साधारण सदस्य बन्न तयार छु : गगन थापा (भिडिओ)

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरण र पुनर्गठनको अभियानमा लाग्दा आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। एक भिडिओ सन्देश जारी गर्दै पार्टी पुनर्गठनको लागि पार्टीको साधारण सदस्य भएर बस्न तयार रहेको बताए। 

उनको भनाइ जस्ताको तस्तै- 

सरकारले त गर्नुपर्छ भनेर हामी भन्छौं । तर, हामी पार्टीले के गर्ने हो ? यत्रो उथलपुथल भएको छ, हामीले पार्टीलाई जस्ताको तस्तै राख्न सक्छौं ? राखेर टिकाउन सक्छौं ? यत्रो भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई हामीले बोकेर हिँड्नसक्ने अवस्था छ कि छैन ? छ । पार्टीको पुनर्गठन नगरी यो सम्भव छैन । म कसैलाई दोष दिएर यो भनिरहेको छैन । 

म आफैं कांग्रेसको महामन्त्री छु, म मेरो भागको मात्रै होइन, अरु दोष लिन पनि तयार छु । मेरो र अर्को महामन्त्रीको कमजोरी के ठान्दछु भने, हामीले जहिलेपनि सही विषयवस्तु उठायौं । तर, हामीले उठाएको विषयलाई कहिलेपनि टुंगोमा पुर्‍याउन सकेनौं । बीचमै छाड्यौं । त्यो हाम्रो कमजोरी भयो । तर, यो पटक हामी छाड्दैनौं । यो पटक गर्ने भनेको पार्टीको पुनर्गठनका लागि अधिवेशन नै हो । हामीसँग अर्को कुनै बाटो छैन ।

अधिवेशन गर्ने दुईवटा बाटो छन् । एउटा, हामी नयाँ अधिवेशन गर्न सक्छौं । पुरानो क्रियाशील सदस्यताको नवीकरण यहीँ छाडेर सबैलाई कायम राख्ने । दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलिदिने । विषम परिस्थितिमा जो जो पार्टी सदस्य बन्न चाहने सबैलाई स्वीकार गर्ने । विधानको सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यबाट सिधा चुनाव गरेर पार्टीको सभापति छान्ने । यो सबैका लागि राम्रो बाटो हुनसक्छ ।

यसमा नजाने हो भने हामीसँग एउटा उपाय हुन्छ । पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्ने । त्यसले नयाँ नेतृत्व छान्छ । यो केवल नयाँ नेतृत्व छान्ने विषय मात्रै होइन । पार्टीको नीति, नियम, पार्टीका कमजोरीलाई सुधार्ने, नयाँ कुराको संकल्प गर्ने यो एउटा मौका पनि हुन्छ ।

भिडिओ

यो नयाँ कुरा पनि होइन । २०१२ सालमा निर्वाचित भएको सुवर्णशमशेरको कमिटीले निर्णय गरेर, सुवर्णजी आफैंले राजीनामा दिएर २०१४ सालमा विराटनगरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो जसबाट बीपी कोइराला नेपाली कांग्रेसको सभापति बन्नुभयो । त्यही बीपीको नेतृत्वको पार्टीले नेपाली कांग्रेसलाई दुई तिहाइसहितको पार्टी बनायो । आज फेरि यही बेला आएको छ । कि नयाँ महाधिवेशन गरौं, कि पार्टी सभापति र केन्द्रीय समितिले नै छाडिदिने र विशेष महाधिवेशन गर्न दिने । त्यसबाट नयाँ नेतृत्व लयाउने बाटो खोलिदिने ।

कतिपय साथीहरूले सभापति उपचार गरिरहनुभएको बेलामा यस्तो असंवेदनशील कुरा गर्न सुहाउँछ भनेर । हामी संवेदनाहीन छैनौं । सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका छौं । सभापतिसँग सल्लाहले नै यो कुरा गरौं भनेको हो, सभापतिलाई नै पहिलो कदम चाल्नुस् भनेको हो । तर, एउटा कुरा चाहीँ हो, मनाउने हो फकाउने हो, तर मान्नुभएन कोही फकिनुभएन भने हात उठाउने होइन, अगाडि बढ्ने हो । हामीसँग त्यो भन्दा अर्को विकल्प छैन ।

आफ्नाबारेमा सोचेको भनिरहनुभएको छ कतिपयले । पार्टी रुपान्तरण र पुनर्गठनको यो अभियानमा लाग्दा म जस्तोसुकै मूल्य चुकाउन तयार छु । पार्टीको साधारण सदस्य भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किन यो मेरो विषय होइन । म भन्दा माथि पार्टी छ, पार्टीभन्दा माथि देश छ । देशसँगै यो पनि र्बिसन हुँदैन कि, नौजवानले आगो ओकलेका छन् । उनीहरूले परिवर्तन खोजेका छन् । त्यसलाई सम्बोधन गर्ने पार्टी भयो भने मात्रै रेलिभेन्ट हुन्छौं । 

त्यस्तो पार्टी भयो भने मात्रै त्यो पार्टीले उनीहरूले सोचेजस्तो देश बनाउने कुरामा कन्ट्रिबयुट गर्न सक्छौं । त्यसो भयो भने मात्रै जो आज घाइते, शहीद परिवारका सदस्यलाई स्वास्थ्य लाभको कामना गर्न सकौंला, श्रद्धाञ्जली अर्पण गर्न सकौंला । अनि मात्रै आन्दोलनप्रतिको सच्चा सम्मान हुन्छ । यस्तो पार्टी बनाऔं, यो पार्टीले मात्रै देशका लागि गर्नपर्ने जिम्मेवारी पूरा गर्न सक्छौं । तपाईंहरू सबैको साथबाट मात्रै यो कुरा सम्भव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending