Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

३६ घण्टादेखि सडकमा कैद यात्रु : गाँस न वास, न राज्यकाे आस

खबरडबली संवाददाता

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिक खसेको विशाल पहिरो पन्छाउन नसक्दा ३६ घण्टादेखि यात्रु, सवारीसाधन र यातायात श्रमिकहरू सडकमै अलपत्र परेका छन् ।

असोज ३ गते साँझ ६:३० बजेबाट अवरुद्ध भएको सडक असोज ५ गते बिहान ८ बजेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । तुइन खोलादेखि भरतपुरसम्म करिब ३५ किलोमिटर र मुग्लिङदेखि नागढुङ्गासम्म करिब सय किलोमिटरसम्म सवारीसाधन लाम लागेर रोकिएका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरले असोज ५ गते बिहान ७ बजेदेखि पहिरो हटाउने प्रयास थालेको छ । तर माथिबाट लगातार ढिस्को खसिरहेकाले काम अघि बढ्न सकेको छैन । “निरन्तर पहिरो खस्दा डोजर र श्रमिकहरू जोखिममा परेका छन्, त्यसैले ढिलाइ भइरहेको हो,” कार्यालयले जनाएको छ ।

यसबीचमा बाटोमा फसेका हजारौँ यात्रु र मजदुरहरू खाना–पानीको समस्यामा छन् । कतिपय ठाउँमा यात्रु र सुरक्षाकर्मीबीच वादविवाद समेत भएको छ । रातभर सवारीसाधनमै बस्न बाध्य यात्रुहरूले असुरक्षा र स्वास्थ्य समस्याको चिन्ता बढेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले तत्काल सबै स्रोत साधन परिचालन गरेर पहिरो हटाउन सरकारसँग माग गरेका छन् । उनले भने, “आवागमन खुल्न समय लाग्छ भने, कम्तीमा विपद्मा परेका यात्रु र श्रमिकलाई तत्काल उद्धार, खानेपानी र खाद्यान्न उपलब्ध गराउनुपर्छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धित औषधि र लागुऔषधको ठूलो परिमाण बरामद, दुई जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...

एफ १५ विमान खसालेपछि इरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...

बागमतीमा बालबालिका हराउने क्रम बढ्दो: तीन वर्षमा १,८३० बेपत्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...

इरानले खसाल्यो अमेरिकी विमान, पाइलट इरानमै

काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...

न्याय प्रणालीमाथि प्रश्न: पीडकमैत्री सोचले कसरी कमजोर बनाइरहेको छ विश्वास ?

काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...

मध्यरातकाे निर्देशनलेे बिहानै फेवाताल किनारमा डोजर

पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...

राजधानीमा ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रिय, १८ पक्राउ

काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...

१५औँ महाधिवेशनका लागि कांग्रेसले सदस्यता अद्यावधिक अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...

सरकारी कार्यालयमा बिचौलिया निषेध

रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending