काठमाडौं । हामी नेपाल का संस्थापक र जेन–जी आन्दोलनका सक्रिय प्रतिनिधि सुधन गुरुङले फेरि आफूलाई अपरिचित व्यक्तिहरूले पछ्याइरहेको आरोप लगाएका छन् । उनले सोमबार राति इन्स्टाग्राममार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्लो घटना बारे व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका हुन् ।
गुरुङले भिडियोमा भनेका छन्, “मेरो फ्यान फलोइङ बढी भयो जस्तो लाग्छ । हुँदा–हुँदा अहिले मेरो घरसम्मै मलाई खोज्दै आएका छन् । तर मलाई यति साह्रो फ्यान फलोइङ चाहिएको छैन ।”
उनको भनाइअनुसार, पछ्याउनेहरू सामान्य नागरिक नभई विभिन्न राजनीतिक दलसँग आबद्ध कार्यकर्ता वा नेताहरू हुनसक्छन् । उनले चेतावनी दिँदै भने, “गुरुङको छोरो सोझो छ भनेर सोच्नु भो होला । म सोझो मात्रै होइन, राम्रोमा राम्रो, नराम्रोमा नराम्रो पनि छु ।”
देश विकासतर्फ ऊर्जा लगाउन सुझाव
सन्देशमा गुरुङले आफूलाई पछ्याउनेहरूप्रति खरो टिप्पणी गर्दै त्यस्तो ‘इफोर्ट’लाई व्यक्तिगत निगरानीमा होइन, देश विकासतर्फ खर्च गर्न सुझाव दिएका छन् ।
“देशलाई आवश्यक परेका ठूला काममा ऊर्जा खर्चिनुहोस् । म जस्तै युवालाई पछ्याउँदैमा देशको भलो हुँदैन,” उनले भने ।
पहिले पनि लगाएका थिए आरोप
यो पहिलो पटक होइन, केही समयअघि पनि सुधन गुरुङले आफूलाई अपरिचित व्यक्तिहरूले पछ्याइरहेको भन्दै सार्वजनिक रूपमा असन्तोष व्यक्त गरेका थिए । उनले त्यतिबेला पनि आफ्नो गतिविधि ‘निगरानीमा राखिएको’ संकेत गरेका थिए ।
जेन–जी आन्दोलनको नेतृत्वसमेत गरेका गुरुङ हालै सेनासँगको वार्तामा पनि सहभागी भएका थिए । आन्दोलनपछि सार्वजनिक रूपमा देखापरेका उनी राजनीतिक वृत्त र आमसञ्चार दुवैमा चर्चाको विषय बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: