नयाँ दिल्ली । अफगानिस्तानका १३ वर्षीय एक बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। आइतबार भएको उक्त घटनापछि भारतीय अधिकारीहरूले उनलाई पक्राउ गरी सोधपुछपछि फेरि अफगानिस्तान फिर्ता पठाएका छन्।
काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय समयअनुसार बिहान ८:४६ बजे उडान भरेको थियो। बिहान १०:२० मा विमान दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा अवतरण भएको थियो।
अवतरणपछि विमानका कर्मचारीले फ्लाइट नजिकै एक किशोरलाई देखेपछि सुरक्षा अधिकारीलाई खबर गरेका थिए। उनलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार सोधपुछ क्रममा ती बालकले "आकाशबाट जमिन कस्तो देखिन्छ" भन्ने जिज्ञासाले विमानको ल्यान्डिङ गियरमा लुकेको बताएका छन्। नाम नखुलाइएका ती बालक अफगानिस्तानको कुन्दुज शहरका बासिन्दा हुन्।
काबुल विमानस्थलमा सुरक्षा कडाइबीच पनि उनले लुकेर विमानको पछिल्लो भागको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा प्रवेश गरेको दिल्ली विमानस्थलका अधिकारीहरूले जानकारी दिएका छन्।
विमानको सम्पूर्ण जाँचपछि मात्र सुरक्षित घोषणा गरिएको थियो। सोही दिन साँझ उनलाई त्यही फ्लाइटमार्फत अफगानिस्तान फिर्ता पठाइएको भारतीय अधिकारीहरूले बताएका छन्।
सुरक्षा जाँचका क्रममा ल्यान्डिङ गियर कम्पार्टमेन्टभित्र एक सानो रातो स्पिकर पनि भेटिएको थियो, जुन ती बालक आफूसँगै लिएर आएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: