काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका २३ जना नेताले पार्टीभित्र विशेष महाधिवेशनको नाममा भइरहेको हस्ताक्षर संकलन अभियानले संगठन कमजोर पार्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, जिल्ला सभापति, प्रदेश सभा सदस्य र पदाधिकारीबीचको छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ, “अल्पमत–बहुमत र हस्ताक्षर संकलनजस्ता गतिविधिले कार्यकर्तामाझ भ्रम सिर्जना गर्दै पार्टीलाई विभाजनतर्फ लैजाने खतरा छ । यस्तो कार्यले लोकतन्त्रसम्मै असर पार्न सक्ने भएकाले सबैलाई सचेत रहन अपिल गर्छौं ।”
कांग्रेसको संस्थापनइतर समूहले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न सकिने व्यवस्थाअनुसार हस्ताक्षर अभियान थालेको छ । उक्त समूहले ७५ प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा जुट्ने दाबी गरेको छ ।
छलफलमा सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह, केन्द्रीय सदस्य सुशीला मिश्र र नृप बहादुर वड, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, कैलाली जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, कञ्चनपुर जिल्ला सभापति पदम बोगटीसहित २३ नेता सहभागी थिए ।
बैठकले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्र खोजी, प्रतिनिधिसभा पुनःस्थापना, त्यसपछि संविधान संशोधन गरी आमनिर्वाचनको मार्ग अपनाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ । यसैगरी, जेन–जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमणको तीव्र निन्दा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: