Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

दसैं खर्चका लागि हातमा हतौडा, काँधमा पीडा

खबरडबली संवाददाता

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोटका देउराम लुवार र उनकी पत्नी होइजाली लुवार यतिबेला दसैं खर्चको जोहो गर्न गिटी कुटिरहेका छन्। गाउँ–गाउँमा दसैंको चहलपहल बढ्दो छ तर उनीहरू बिहानै ढुंगा जोहो गरेर दिउँसोभरि गिटी कुट्न बाध्य छन्।

देउराम भन्छन्, “दसैं आइसक्यो, घरमा खानेकुरा केही छैन। त्यसकै लागि गिटी कुट्दै छु।” पत्नी होइजाली भन्छिन्, “दसैंमा मिठो खाने, राम्रो लुगा लगाउने मन त सबैलाई हुन्छ, तर महँगी बढेकाले खर्च धान्नै गाह्रो छ। नयाँ लुगा किन्न त दसैं–तिहार नै कुर्नुपर्छ।”

रास्कोट नगरपालिकाले गाउँमा भौतिक पूर्वाधार निर्माण सुरु गरेपछि उनीहरूलाई काम मिलेको हो। तर गिटीको मूल्य न्यून भएकाले श्रमको उचित मूल्य नपाइने उनको गुनासो छ। अहिले प्रतिट्याक्टर ४–५ हजार र प्रतिबोरा एक सय रुपैयाँमा गिटी बिक्री हुने स्थानीयले बताएका छन्।

कालीकोटमा सडक विस्तारसँगै महिलाहरू गिटी कुट्ने पेसामा जोडिन थालेका छन्। तर गाउँमै काम गर्ने वातावरण नमिलेका कारण अधिकांश युवा भारत र अन्य जिल्लातिर कमाउन जान बाध्य छन्। स्थानीय प्रकाश शाही भन्छन्, “घरको उत्पादनले वर्षभरि खान पुग्दैन। कामको अभावले युवाहरू विदेश जान बाध्य भएका हुन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending