काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदुत माएदा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदुत तोरुले जापानको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई गर्दैआएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल भएको थियो ।
जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरुङका लागि आवश्यक थप सहायता, विपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगति लगायतका विषयमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री मन्त्री घिसिङले विद्युत क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एकसय वर्षको शहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारी लगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे।
भेटमा राजदूत तोरुले नेपालका रणनीतिम महत्वका ठुला आयोजनामा सहायता उपलब्ध गराउन जापान सरकार तयार रहेको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ११:३८
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरता भएको बताएका छन्। भारतमा हालै सम्पन्न विधानसभा निर्वा...
बैशाख २४ गते, २०८३ - ११:२२
काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो । ...
बैशाख २४ गते, २०८३ - ११:०६
तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...
बैशाख २४ गते, २०८३ - १०:५१
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...
बैशाख २४ गते, २०८३ - १०:४१
बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...
बैशाख २३ गते, २०८३ - १७:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...
बैशाख २३ गते, २०८३ - १७:०३
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...
बैशाख २३ गते, २०८३ - १६:५१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...
बैशाख २३ गते, २०८३ - १६:४१
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...
बैशाख २३ गते, २०८३ - १६:०६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...


प्रतिकृया लेख्नुहोस्: