Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मेलाको उज्यालोमाथि मृत्युको छायाँ: ४८ घण्टामै ‘अप्रेसन च्यालेन्ज’ सफल

खबरडबली संवाददाता

वीरगन्ज । वीरगन्जको आदर्शनगरको दसैँ मेला यसपालि खासै रमाइलोको स्मरणमा मात्र सीमित भएको छ। झिलिमिली बत्ती, मिठाइको गन्ध, बालबालिकाको चटपटे रमाइलोमाझ अचानक मृत्युको खबर फैलिँदा मेला नै चिसो भयो। 

भर्खरै बुबा बनेका शिवम साह कानु मेलामा घुम्न निस्केका थिए, तर उनी फर्किएर घर आउन सकेनन्। राति साढे ११ बजे आसपासमा मेलामा भेटिएका केही युवासँग विवाद भयो र त्यसपछि भाटो प्रहार गरियो। अस्पताल पु¥याउँदा उनको ज्यान गएर परिवार अधुरो सपना र आँसुसँग बाँकी रह्यो।

प्रहरी अनुसन्धानले देखायो, यो सामान्य विवाद मात्र थिएन। केही युवाले आफूलाई टोले गुण्डा भनेर चिनाउन खोज्दै ह्वाट्सएपमा नै ‘दरिन्दे खुङ्खार समूह’ नामक ग्रुप बनाएका थिए। उनीहरूको ‘इगो’ र प्रभुत्व जमाउने मानसिकताले कानुको जीवनको अन्त्य गरिदियो। चाडपर्वमा आफ्नो अस्तित्व देखाउन भन्दै हिंसामा उत्रिएका ती युवाले अब भने प्रहरी हिरासतको अँध्यारो कक्ष भेटेका छन्।

घटना सार्वजनिक भएपछि शहरमा आक्रोश बढ्यो। चाडको बेला भएको यो अपराधले प्रहरीलाई पनि चुनौती दियो। त्यसैले ‘अप्रेसन च्यालेन्ज’ नाम दिइएको विशेष रणनीतिमा ३२ जना प्रहरी खटिए, दर्जनौँ शंकास्पद नियन्त्रणमा लिए, मोबाइल र सिसिटिभी विश्लेषण गरे। दुई दिनमै घटनामा संलग्न पाँच अभियुक्त पक्राउ परे। मुख्य अभियुक्त गौतम पटेल नै उक्त ह्वाट्सएप समूहको निर्माता भएको पुष्टि भयो।

प्रहरीका अनुसार यो हत्या योजनाबद्ध भन्दा बढी व्यक्तिगत रिसइबीको परिणाम हो। आफूलाई शक्तिशाली देखाउन चाहने मानसिकता र समाजमा प्रभुत्व जमाउने लहडले एक निर्दोषको ज्यान लियो। कानुका परिवारका लागि यो क्षति शब्दमा भन्नै नसकिने पीडा हो। भर्खरै जन्मिएको नानीले बाबुलाई कहिल्यै देख्न पाउने छैन, श्रीमती अधुरो जीवनसँग जुध्न बाध्य हुनेछिन्।

यो घटना केवल एक परिवारको शोक मात्र होइन, समाजकै लागि चेतावनी हो। युवामाझ बढ्दै गएको ग्याङ संस्कृतिले, मोबाइल र सामाजिक सञ्जालमा हिंस्रक ग्रुप बनाएर ‘हिरोइज्म’ देखाउने प्रवृत्तिले भविष्यमा कति परिवारलाई यस्तै पीडामा पार्ने हो भन्ने प्रश्न खडा गरेको छ। मेला फेरि लाग्नेछ, बत्ती फेरि बल्नेछ, मानिस फेरि रमाउनेछन्, तर यो चाडपर्वको उज्यालोमा कानुको परिवारलाई भने मृत्युको अँध्यारो मात्र सम्झना हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending