Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

अविरल वर्षात्ले सर्लाहीको जनजीवन प्रभावित

खबरडबली संवाददाता

बरहथवा (सर्लाही)। अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् । 

बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । जिल्लाको लखन्देही, झिम, बाँके, सोती, मनुस्मारालगायतका खोलामा पानीको वहाव उच्च भएको छ भने बागमती नदीको बाढीलेसमेत जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाको चार गाउँ डुबानको जोखिममा पारेको छ । 

जिल्लामा सबै भन्दा धेरै लखन्देही खोलाले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सो खोलामा आएको बाढीले चक्रघट्ट गाउँपालिका–१, पडरियामा २० कच्ची घरमा पूर्णरुपमा क्षति पुगेको छ भने कौडेना गाउँपालिका–३, मा १५० मिटर हुलाकी सडक क्षति पु¥याएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–७, मा रहेको कलभट आदवारा खोलामा आएको बाढीले बगाउँदा ब्रह्मपुरी–भक्तिपुर–चौलिखा सडक अवरुद्ध भएको छ ।

बाढी तथा डुबानका कारण जिल्लाको बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, मलङ्वा नगरपालिका, बलरा नगरपालिका, धन्कौल गाउँपालिका, बरहथवा नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिवन नगरपालिका, गोडैता नगरपालिका र कबिलासी नगरपालिकामा स्थानीय प्रभावित भएका छन् । प्रहरी कार्यालयका अनुसार लखन्देही खोलाको बाढीले चक्रघट्ट गाउँपालिका–५, मा १८ घर स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारले नजिकै छिमेकीका बसेका छन् ।

यस्तै जिल्लाको बसवरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुई जनालाई प्रहरीले उद्धार गरेको थियो । लखन्देही खोलाको पानीले मङ्गवा नगरपालिका–५, भाडसरका घरमा पानी पसेको थियो । यसैगरी मलङ्वा नगरपालिका–८, गोरखकालीमा रहेको भन्सार कार्यालय र प्रहरी चौकीमा पानी जमेको छ ।

यसैबीच बलरा –१, ३, ४ र ५ नम्बर वडामा गरी नौ सय घर डुबानमा परेको छ । वडा नं १ को छन्की टोलका ५० परिवार पानीमा घर डुबेपछि विस्थापित भएका हुन । सोही पालिकाको वडा नं ४ को सहनी टोला र मुस्लिम टोला डुबानमा परेको छ । घरहरू डुबानमा परे पनि स्थानीयलाई सुरक्षितसँग बागमती ड्याममा राखिएको छ ।

मनुस्मारा खोला र वर्षाको पानीले जिल्लाको धन्कौल गाउँपालिका–३, हरकठवा र वडा नं ४ महिनाथपुर जोखिममा परेको छ । खोलाको पानी जुनसुकै बेला गाउँ पस्नसक्ने जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । उक्त खोलाको पानीले धन्कौलबाट रौतहटको धरमपुर जोड्ने बाटो अवरुद्ध भएको छ ।

यस्तै बरहथवा नगरपालिकामा सोती खोला र टिकुलिया खोलाको पानीले वडा नम्बर ७ र १६ का बस्तीमा जोखिम निम्त्याएको छ । यसैबीच जिल्लाको कौडेना गाउँपालिका–७, शिवनगर, वडा नं ३ कौडेना, वडा नं–५, पर्सा र छप्कैया, वडा नं–६, सक्रौलमा लखन्देही खोलाको बाढी पसेर ठूलो क्षति पु¥याएको छ । खोलेले बाँध कटान गर्दा शिवनगर गाउँमा पानी पसेको छ ।

उक्त स्थानबाट प्रहरीले १७ जना स्थानीयलाई उद्धारसमेत गरेको छ । वर्षाले घरको पर्खाल भत्किँदा कविलासी नगरपालिका–२, पिपरियामा अन्दाजी ९ वर्षकी शिवानी सिंहको खुट्टाको हड्डी भाँच्चिएको छ । कविलासी–८, अघर्वा र वडा नं–४, हेमपुरमा पनि पानीको निकास नहुँदा घरहरुमा पानी पसेको हो ।

गोडैता–८, प्रहरी चौकी गोडैता र चन्द्रनगर–५, स्थित प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ब्रह्मपुरी –४ स्थित झिम खोलामा आएको बाढीलाई ड्याम निर्माण गरेर रोकथाम गरिएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending