Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जेन–जी आन्दोलन : विद्रोहको चेतना र परिवर्तनको चुनौती

मनोज भट्टराई
मनोज भट्टराई

नेपालको राजनीतिक इतिहासमा यस्ता क्षणहरू समय–समयमा आएका छन् जब नयाँ पुस्ताले पुरानो प्रणालीको दीर्घ मौनता भङ्ग गरेको छ। २०८२ सालको भदौमा सुरु भएको जेन–जी आन्दोलन त्यसै किसिमको ऐतिहासिक क्षण हो — जहाँ सत्ताको गल्लीबाट होइन, सडक र सामाजिक सञ्जालबाट नयाँ चेतना जन्मियो।

यो आन्दोलनको विशेषता के हो भने, यसको नेतृत्व कुनै पार्टीले गरेन, यसको नारा कुनै वैचारिक घोषणापत्रबाट बनेन, र यसको सन्देश कुनै संस्थागत नीतिगत दस्तावेजमा सीमित रहेन।

यो डिजिटल युगमा जन्मेको स्वतःस्फूर्त नागरिक जागरण थियो —जहाँ असन्तोषलाई हैसियतले होइन, ‘पहिचानले’ आवाज दियो।

राजनीतिक वयस्कहरूको असफलता

नेपालले २०६२/६३ को जनआन्दोलनपछि नयाँ युगको सुरुवात गरेको थियो । संविधानसभामार्फत जनता स्वयंले आफ्नो शासन संरचना निर्माण गर्ने अधिकार पाएका थिए।

तर त्यसपछिका १५ वर्षमा देशले लोकतन्त्रको अर्थलाई ‘कागज’मा मात्र देख्यो, ‘जीवनमा’ होइन। दलहरूबीचको प्रतिस्पर्धा नीति होइन, पदका लागि भयो। सत्ता बदलिन्थ्यो, तर सोच बदलिन्थेन।

यही पुनरावृत्तिले नयाँ पुस्ताको मनमा प्रश्न रोप्यो —“के यो व्यवस्था केवल नेताका लागि हो?”  त्यो प्रश्नले जब आवाज पायो, त्यसले आन्दोलनको रूप लियो।

जेन–जी पुस्ताका लागि यो केवल राजनीतिक असन्तोष थिएन, यो विश्वासको संकट थियो । 
जसले पुरानो पुस्ताको समग्र मूल्य–व्यवस्थामाथि प्रश्न उठायो । 

झन्डा होइन, चेतनाको आन्दोलन
भदौ २३ र २४ का घटनाले देशका सडकलाई तातो बनाए। हजारौँ युवाहरू सामाजिक सञ्जालबाट समन्वयित भएर सडकमा निस्किए, तर उनीहरूको हातमा कुनै दलको झन्डा थिएन।

स्मार्टफोन, टिचक–लाइभ र इन्स्टाग्राम स्टोरी नै उनीहरूको हतियार बने। त्यो दिनको दृश्यमा एउटा नयाँ युगको राजनीति झल्किन्थ्यो —जहाँ नाराभन्दा बढी ‘सन्देश’ले शक्ति पाउँथ्यो, र नेतृत्वभन्दा बढी ‘साझा भावना’ले दिशा दिइरहेको थियो।

यो आन्दोलनले सत्ता र नागरिकबीचको दूरी मापन गर्योन —जहाँ राज्यले कानुनी नियन्त्रण देखायो, नागरिकले ‘न्याय’को माग गरे। यो केवल सडकको भिड होइन, चेतनाको प्रदर्शन थियो।

सत्ता र प्रणालीबीचको द्वन्द्व

जेन–जी आन्दोलनको उदय सन्दर्भविहीन थिएन। ओली नेतृत्वको गठबन्धन सरकारले शासन व्यवस्थामा शक्ति–संकेन्द्रणको प्रवृत्ति देखायो। संवैधानिक परिषद्सम्बन्धी विवाद, सार्वजनिक संस्थामा राजनीतिक हस्तक्षेप, र नागरिक स्वतन्त्रतामाथि बढ्दो नियन्त्रण — यी सबैले जनभावनालाई खिन्न बनाइरहेका थिए।

जब प्रणाली नागरिकभन्दा माथि ठानिन थाल्छ, तब इतिहासले विद्रोह जन्माउँछ। त्यो विद्रोह अहिलेको पुस्ताबाट भयो —जसले दलको अनुशासनभन्दा स्वतन्त्रताको हावा सास फेर्योि।

मूल्यको पुनर्जागरण

नेपालको राजनीति लामो समयदेखि ‘कसले सरकार चलाउँछ?’ भन्ने प्रश्नमा अड्किएको थियो। तर जेन–जी आन्दोलनले त्यो प्रश्नलाई उल्ट्यायो —‘सरकार किन चलाउँछ?’

यो आन्दोलनले फेरि विचारको राजनीति फर्कायो।विगतमा जहाँ पद र पहुँचको राजनीति हावी थियो, त्यहाँ अब उत्तरदायित्व र पारदर्शिताको कुरा हुन थालेको छ।

डिजिटल सञ्जालमा जन्मिएको चेतना अब वास्तविक सामाजिक संवादमा रुपान्तरित हुँदैछ। यो पुस्ता अब नेताको अनुयायी होइन, नागरिकको भूमिका निभाउन थालेको छ। त्यो नै यो आन्दोलनको सबैभन्दा सुखद उपलब्धि हो।

अधुरोपन र अवसर

तर प्रत्येक आन्दोलनसँग यसको अधुरोपन पनि हुन्छ। जेन–जी आन्दोलनले प्रणालीलाई चुनौती त दियो, तर वैकल्पिक नेतृत्व दिन सकेन।

विद्रोहका क्षणहरू भावनात्मक हुन्छन्, तर रूपान्तरणका क्षणहरू रणनीतिक हुनुपर्छ। जेन–जीले यो सन्देश त दियो कि पुरानो सोच काम गर्दैन, तर नयाँ सोचलाई संस्थागत रूप दिन अझै बाँकी छ।

भदौ २४ को हिंसात्मक मोडले जनताको सहानुभूति त ल्यायो, तर परिवर्तनको बाटो अझै असंरचित रह्यो। युवाहरूले आवाज त उठाए,तर त्यो आवाजलाई दीर्घकालीन नीतिगत शक्ति बनाउन सकिएन।

नयाँ यात्राको आवश्यकता

नेपालको लोकतान्त्रिक यात्रामा यो आन्दोलन एउटा टर्निङ–प्वाइन्ट हो। तर विद्रोहको अर्को चरण संवाद हो —जहाँ असहमति टकराव होइन, बहसको संस्कृतिमा रूपान्तरित हुन्छ।

यो पुस्ताले डरमुक्त भएर बोल्न सिकिसकेको छ। अब उसले सुन्न पनि सिक्नुपर्छ —किनकि परिवर्तन केवल विरोधले होइन, समझदारीले टिक्छ।राजनीतिक दलहरूले पनि यो चेतना बुझ्नुपर्छ। युवापुस्तालाई ‘भावनात्मक जनसमूह’ होइन,
‘नीतिगत साझेदार’का रूपमा हेर्ने दृष्टि लिनुपर्छ। संवाद नै अब सत्तासँगको दूरी घटाउने माध्यम बन्न सक्छ।

समाजमा आएको मानसिक रुपान्तरण

जेन–जी आन्दोलनले केवल राजनीति होइन, समाजको सोचमा पनि हलचल ल्याएको छ।
घर, विद्यालय र कार्यस्थलमा युवाहरू अब ‘राजनीति घृणित’ होइन, ‘राजनीति आवश्यक’ भन्न थालेका छन्।

सामाजिक सञ्जालमा अब केवल मनोरञ्जन होइन, न्याय, समानता र पारदर्शिताको बहस पनि चल्न थालेको छ। यी सूक्ष्म परिवर्तनहरू नै दीर्घकालमा ठूला परिणाम ल्याउँछन्। संसद् परिवर्तन हुन ढिलो लाग्ला, तर मानसिकता परिवर्तनको प्रक्रिया सुरु भइसकेको छ।

निर्माणको राजनीति

अब जेन–जी पुस्ताको मुख्य चुनौती के हो भने —“तोड्ने होइन, बनाउने” राजनीति निर्माण गर्नु। यो पुस्ता सक्षम छ — प्रविधि बुझ्ने, विश्वसँग जोडिने र स्वावलम्बी सोच राख्ने। तर त्यो क्षमतालाई सामूहिक दृष्टिमा रूपान्तरण गर्न नेतृत्व र दृष्टिकोण चाहिन्छ। 

यदि उनीहरूले नागरिक आन्दोलनलाई वैचारिक, रचनात्मक र संगठनात्मक रूप दिन सके, नेपालको राजनीति नयाँ दिशामा मोडिन सक्छ। दलहरू पनि आफ्नै संरचना भित्र नयाँ पुस्तालाई अवसर दिन बाध्य हुनेछन्।

संक्रमणको चेतना

जेन–जी आन्दोलनलाई केहीले ‘अराजकता’ भने, केहीले ‘परिवर्तनको घोषणा’। तर वस्तुतः यो आन्दोलन न त असफल हो, न पूर्ण सफल। यो संक्रमणको चेतना हो । जहाँ पुरानो राजनीतिक ढाँचा ढल्दैछ र नयाँ सोचको भ्रूण पलाइरहेको छ।

नेपालको लोकतन्त्र अहिले पुनरावलोकनको मोडमा छ। जेन–जी पुस्ताले जुन साहस देखायो ।  त्यो केवल आन्दोलनको सफलता होइन, सामाजिक पुनर्जागरणको संकेत हो।

अन्धकारको अन्त्यमा उज्यालो आउँछ भन्ने विश्वास अब केवल कवितामा होइन, जेन–जीको व्यवहारमा देखिन थालेको छ। यदि यो चेतना दिशा पायो भने, नेपालको आगामी अध्याय ‘विद्रोह’को होइन, ‘पुनर्निर्माण’को हुनेछ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending