Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सर्वदलीय बैठकमा संविधानको रक्षाका लागि निर्वाचनमा लाग्न दलका नेताहरुलाई राष्ट्रपति पौडेलकाे सुझाव

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रीत हुन सबै राजनीतिक दललाई आग्रह गरेका हुन् । 

शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आह्वान गरिएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले निर्वाचनमार्फत लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले सरकारलाई शान्ति–सुरक्षाको पर्याप्त व्यवस्था गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास नागरिकमा जगाउन सुझाव दिए । 

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै दल मिलेर निर्वाचन सफल पार्नुपर्ने बताउँदै राजनीतिक दलहरूबीचको अस्पष्टता र द्विविधा हटाउन आग्रह गरे । उनले भने, “निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने त्यसले देशलाई कहाँ पु-याउँछ भन्ने सोच्न जरुरी छ ।”

उनले दलहरूलाई जनतामा गएर जेन–जी आन्दोलनका उचित मागहरू पूरा गर्ने प्रतिबद्धता जनाउन र सुरक्षाका विषयमा सरकारलाई आवश्यक पहल गर्न आग्रह गरे । बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू सधैं निर्वाचनमा जान तयार हुने धारणा राखे पनि हालको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्भव हुनेबारे शंका उत्पन्न गरेको बताएका थिए ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहकार्यबिना निर्वाचन सम्भव नहुने भन्दै सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध रहेको बताए । उनले भनिन्, “जेन–जीहरू हाम्रै छोरा–नाति हुन् । उनीहरूले किन असन्तुष्टि प्रकट गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ ।” बैठकमा अन्तरिम सरकारका सबै मन्त्री सहभागी थिए ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट निवर्तमान वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल उपस्थित थिए ।

जसपाबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत लगायतकाे सहभागी थियाे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: