काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रीत हुन सबै राजनीतिक दललाई आग्रह गरेका हुन् ।
शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आह्वान गरिएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले निर्वाचनमार्फत लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले सरकारलाई शान्ति–सुरक्षाको पर्याप्त व्यवस्था गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास नागरिकमा जगाउन सुझाव दिए ।
राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै दल मिलेर निर्वाचन सफल पार्नुपर्ने बताउँदै राजनीतिक दलहरूबीचको अस्पष्टता र द्विविधा हटाउन आग्रह गरे । उनले भने, “निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने त्यसले देशलाई कहाँ पु-याउँछ भन्ने सोच्न जरुरी छ ।”
उनले दलहरूलाई जनतामा गएर जेन–जी आन्दोलनका उचित मागहरू पूरा गर्ने प्रतिबद्धता जनाउन र सुरक्षाका विषयमा सरकारलाई आवश्यक पहल गर्न आग्रह गरे । बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू सधैं निर्वाचनमा जान तयार हुने धारणा राखे पनि हालको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्भव हुनेबारे शंका उत्पन्न गरेको बताएका थिए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहकार्यबिना निर्वाचन सम्भव नहुने भन्दै सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध रहेको बताए । उनले भनिन्, “जेन–जीहरू हाम्रै छोरा–नाति हुन् । उनीहरूले किन असन्तुष्टि प्रकट गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ ।” बैठकमा अन्तरिम सरकारका सबै मन्त्री सहभागी थिए ।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट निवर्तमान वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल उपस्थित थिए ।
जसपाबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत लगायतकाे सहभागी थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: