Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जापानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

खबरडबली संवाददाता

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा समूह विजेता बन्दै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको छ । 

समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै दुई अंकसहित शीर्ष स्थानमा रहँदै अगाडि बढेको हो ।

पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३१ रनको योगफल बनाएको थियो । त्यसलाई नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर सहजै पूरा गर्‍यो । समूह उपविजेता बनेको जापान पनि सुपर सिक्समा प्रवेश गर्न सफल भएको छ ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३८ रन बनाउँदै जितको आधार तयार गरे । शेखले २१ बलमा एक छक्का र चार छक्का प्रहार गरे । त्यस्तै, गुल्सन झाले २८ रन जोड्दा कुशल भुर्तेलले २१, कप्तान रोहित पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान गरे । 

जापानका बलरहरू मध्ये शोमा स्लेटरले दुई विकेट लिन सफल भए भने रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एक–एक विकेट हात पारे ।

जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा ६ चौका सहित ६० रन जोडे । त्यसैगरी, इसम रहमानले २५ बलमा ३१ रनको उपयोगी पारी खेले । नेपालका बलरहरू मध्ये सन्दीप लामिछाने र गुल्सन झाले दुई–दुई विकेट हात पारे भने सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए । कसिलो बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा १५ रन मात्र खर्चिए । 

सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका गुल्सन झा ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले बलिङमा दुई विकेटसहित ब्याटिङमा २८ रनको महत्त्वपूर्ण योगदान गरे । नेपालले अब सुपर सिक्स चरणको पहिलो खेल समूह ‘ए’को विजेता युएईसँग आइतबार खेल्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: