Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

पर्सा र बारामा हैजा नियन्त्रणका लागि आइतबारदेखि खोप लगाइने

खबरडबली संवाददाता

बारा । पर्सा र बारामा आइतबारदेखि हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिँदैछ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले ५ लाख खोप बाराको पथलैयास्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा ल्याइएको छ । बाँकी ५ लाख मात्रा खोप आइतबार ल्याइने विभागको खोप इकाईका सन्जिन शर्माले जानकारी दिए । 

गत असोज ८ र ९ मा दक्षिण कोरियाबाट १० लाख १८ हजार ५२ थान खोप ल्याइएको उनले बताए । यो खोपलाई २ देखि ८ डिग्री तापक्रममा राखिएको छ । हैजा नियन्त्रणका लागि पर्सामा आइतबार र बारामा मंगलबारदेखि खोप लगाउन सुरु गरिने शर्माले जनाए । 

‘यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित र नेपालको औषधि व्यवस्था विभागले अनुमति दिएकाले यसको गुणस्तरमा कुनै प्रश्नचिन्ह छैन’, उनले भने, ‘यो खोप एक जनालाई एकपटक प्रयोग गर्ने सिङ्गल डोज हो ।

हैजा नियन्त्रणका लागि लगाइने यो खोप बाराका कलैया, जितपुरसिमर, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर र पर्साका सबै १४ वटै स्थानीय तहमा एक वर्षभन्दा माथिका सबैलाई लगाइने भएको छ । 

विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले बारा र पर्साका २० वटा स्थानीय तहका १० लाख नागरिकलाई खोप लगाइने बताए । एकैदिन ३ देखि ४ वटा ठाँउमा खोप अभियान  सञ्चालन हुनेछ । हैजा नियन्त्रणका लागि लगाइने यो खोपले ४ देखि ६ महिनासम्म कोरोला नामक किटाणुलाई मानिसको शरीरमा आक्रमण गर्न नदिने डा. गौतमले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलमानलाई मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव

बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेसले चुनाव भाँड्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् ...

उदयपुर एक्स्पो– २०८२ माघमा हुने

उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा जिल्लाको कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘उदयपुर...

पत्रकार महासंघ र प्रशासनबीच सहकार्यमा जोड

कपिलवस्तु । जिल्लामा प्रशासन कार्यालय र पत्रकार महासंघबिच सहकार्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आयोज...

नेपाल–भारतबीच सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

काठमाडौं । नेपाल र भारतबिच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (...

अन्तरनिर्वाचन क्षेत्र र विदेशबाट मतदानबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको सम्भाव्यता विषयमा सिंहदरबारमा विस्तृत छलफल...

तनहुँमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।...

बागलुङमा कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चि...

निर्वाचन सुनिश्चिता गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुन...

तीन महिनामा प्रेस स्वतन्त्रता हनन्का ५९ घटना

काठमाडौं । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हनन्का ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्र...

हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान

काठमाडौं । ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending