पर्सा । भारत सरकारले आफ्नो मुलुकमा वस्तु एवम् सेवा कर (जिएसटी) मा ठुलो परिवर्तन गरेपछि वीरगञ्जको स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पारेको छ ।
भारत सरकारले दैनिक उपभोग्य सामग्री तथा खाद्यान्नमा लगाउँदै आएको वस्तु एवम् सेवा कर १२ प्रतिशतबाट झारेर ५ प्रतिशतमा सीमित गरेपछि वीरगन्जका उपभोक्ताहरू सीमापारीको रक्सौल बजार जान थालेपछि वीरगन्ज बजार सुनसान भएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
भारतीय बजारमा चामल, दाल, चिनी, खाने तेल, कफी आइसक्रिम, घिउ दुधबाट बनेको सामग्री भुजिया नमकिन, पापड लगायतका समानको मुल्यमा ठुलो गिरावट आएपछि वीरगन्जका स्थानीय सीमापारी जान थालेका हुन् ।
यस्तै, कस्मेटिक गुड्स विलासिताका समान कपडा तयारी कपडा पेट्रोल, डिजेल, एलपीजी ग्यास लगायतका सामानमा लगाउँदै आएको २८ प्रतिशतलाई १८ प्रतिशत कायम गरेको बताइएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घ वीरगन्जका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अर्थ मन्त्रालयले भन्सार महसुल दरमा परिवर्तन नगर्ने हो भने तस्करीले प्रोत्साहन पाउने तथा यसको असर मुलुकको अन्य ठाउँमा हेर्न सकिने बताए ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भारत सरकारले आफ्नो मुलुकमा लगाएको वस्तु एवम् सेवा करको प्रभाव आयातमा कतिको परेको छ भने प्रशासनमा प्रमुख ज्ञवालीले यस विषयमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले भारतले आफ्नो मुलुकमा लगाएको वस्तु एवम् सेवा करले सीमाक्षेत्रमा तस्करीले प्रोत्साहन पाउने सम्भावना बढेकाले सशस्त्र प्रहरीसँग समन्वय गरी सीमा नाकामा थप कडाइ गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: