Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बालुवाटार बैठकमा मिरज ढुंगानाको सात बुँदे सर्त, सुशासन र स्थायित्वमा जोड

खबरडबली संवाददाता

काठमाडौं । गरिखानदेउका अध्यक्ष तथा जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले बिहीबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सात बुँदे सर्त अघि सारेका छन्। सरकार, प्रमुख राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाबीचको उक्त छलफलमा उनले स्थायित्व, सुशासन र जनउत्तरदायी प्रणालीका लागि ठोस प्रस्तावहरू प्रस्तुत गरेका हुन्।

ढुंगानाले जारी गरेको विज्ञप्तिअनुसार उनका प्रमुख मागहरूमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गर्ने, नागरिक स्तरको स्वतन्त्र भ्रष्टाचार अनुसन्धान निकाय गठन गर्ने, र संघीय संरचनाको पुनरावलोकन गरी खर्चिलो र दोहोरो व्यवस्था हटाउने विषयहरू समावेश छन्।

विज्ञप्तिमा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्नुपर्ने माग पनि गरिएको छ। उनले संघीय र प्रदेश सरकारबीचको दोहोरोपन हटाई गैरराजनीतिक पात्रमार्फत मन्त्रालय सञ्चालन गर्ने प्रस्ताव समेत अघि सारेका छन्।

त्यसैगरी, ढुंगानाले जेनजी आन्दोलनलाई अब राजनीतिक जनआन्दोलनको रूपमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै शहीद परिवार र आन्दोलनका घाइतेहरूका लागि तत्काल उचित व्यवस्थापनका लागि आयोग गठन गर्न माग गरेका छन्।

उनले २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमन र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न जोड दिएका छन्।

गरिखानदेउवाले थप रूपमा संघीय तहका ७७ जिल्ला समन्वय समितिहरू (जिसस) खारेज गर्नुपर्ने र ती निकायको काम स्थानीय तहमै केन्द्रित गरी प्रदेश सरकारको खर्च ४० प्रतिशतले घटाउन सकिने प्रस्ताव पनि अघि सारेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending