काठमाडौं । गरिखानदेउका अध्यक्ष तथा जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले बिहीबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सात बुँदे सर्त अघि सारेका छन्। सरकार, प्रमुख राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाबीचको उक्त छलफलमा उनले स्थायित्व, सुशासन र जनउत्तरदायी प्रणालीका लागि ठोस प्रस्तावहरू प्रस्तुत गरेका हुन्।
ढुंगानाले जारी गरेको विज्ञप्तिअनुसार उनका प्रमुख मागहरूमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गर्ने, नागरिक स्तरको स्वतन्त्र भ्रष्टाचार अनुसन्धान निकाय गठन गर्ने, र संघीय संरचनाको पुनरावलोकन गरी खर्चिलो र दोहोरो व्यवस्था हटाउने विषयहरू समावेश छन्।
विज्ञप्तिमा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्नुपर्ने माग पनि गरिएको छ। उनले संघीय र प्रदेश सरकारबीचको दोहोरोपन हटाई गैरराजनीतिक पात्रमार्फत मन्त्रालय सञ्चालन गर्ने प्रस्ताव समेत अघि सारेका छन्।
त्यसैगरी, ढुंगानाले जेनजी आन्दोलनलाई अब राजनीतिक जनआन्दोलनको रूपमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै शहीद परिवार र आन्दोलनका घाइतेहरूका लागि तत्काल उचित व्यवस्थापनका लागि आयोग गठन गर्न माग गरेका छन्।
उनले २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमन र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न जोड दिएका छन्।
गरिखानदेउवाले थप रूपमा संघीय तहका ७७ जिल्ला समन्वय समितिहरू (जिसस) खारेज गर्नुपर्ने र ती निकायको काम स्थानीय तहमै केन्द्रित गरी प्रदेश सरकारको खर्च ४० प्रतिशतले घटाउन सकिने प्रस्ताव पनि अघि सारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: