Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

माओवादीसँग एकताको गृहकार्यले विभाजनतिर एकीकृत समाजवादी, को कता उभिए ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादीसहित विभिन्न वामपन्थी दलहरूसँग एकताको गृहकार्य अगाडि बढेपछि एकीकृत समाजवादीमा विभाजनको जोखिम देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे एकताको पक्षमा उभिँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवादीसँग एकताको विपक्षमा उभिएका छन् ।

माओवादीसँगको एकताको विषयमा एकीकृत समाजवादीमा जुन तहको विवाद र नेताहरूको ध्रुवीकरण देखिएको छ, यसले एकता गर्ने पार्टी निर्णय भए विभाजनसम्म पुग्न सक्ने जोखिम देखाएको छ । केन्द्रदेखि पालिका तहसम्मै एकताको पक्ष र विपक्षमा नेता–कार्यकर्ता विभाजित छन् । केही पदाधिकारी र सदस्यले भने मध्यमार्गी बाटो लिन सुझाएका छन् ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मै संस्थापन पक्षमा बहुमत छ, जसले गर्दा जारी केन्द्रीय समिति बैठकले एकताको निर्णय गरेर जान सक्ने सम्भावना छ । विवादकै बिच बैठकले एकताबारे ठोस निर्णय नगरे बहुमतको आधारमा अध्यक्ष नेपाललाई अधिकार दिने तयारी संस्थापन पक्षको छ । तर, त्यस्तो अवस्थामा इतर पक्ष राष्ट्रिय भेला गरेर जाने रणनीतिमा छ ।

अहिलेको राष्ट्रिय राजनीति र आसन्न निर्वाचनलगायतका मुद्दा देखाएर अध्यक्ष नेपाल पक्षधर एकताको पक्षमा माहोल बनाउन लागिरहेको छ । जबकि सम्मानित नेता खनाल र महासचिव भुसालको माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनको पक्षमा जोड छ । उनीहरूले अध्यक्षको राजीनामा र पार्टी पुनर्गठनको माग गरेका छन् । संस्थापन पक्ष भने पुनर्गठन नै उपयुक्त हुने निष्कर्षमा छ ।

पार्टीभित्रको अहिलेसम्मको शक्ति सन्तुलनअनुसार एकताको पक्षमा अध्यक्ष नेपाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ उपाध्यक्ष पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र जगन्नाथ खतिवडा, उपमहासचिवहरू राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, सोम पाण्डेय, श्रीनाथ बराल, गणेश विश्वकर्मा र शेरबहादुर कुँवर छन् ।

सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष धर्मनाथप्रसाद साह, महासचिव भुसाल, उपमहासचिव गरिमा शाह र सचिव बलदेव चौधरी पार्टी पुनर्गठनविना एकता गर्न नहुनेमा छन् । वरिष्ठ नेता वामदेव गौतम, उपाध्यक्षहरू भानुभक्त जोशी र जयन्ती राई तथा सचिव चन्द्रबहादुर शाही मध्यमार्गी लाइनमा छन् ।

बिहीबार बैठकमा सम्मानित नेता खनालले माओवादीसँग एकता गर्ने वेला नभएको भन्दै पार्टी पुनर्गठन गरेर जानुपर्नेमा जोड दिएका छन् । उनले पार्टी क्रान्तिकारी बनाउनुको साटो विसर्जन र विलयको बाटो लिने गरी माओवादीसँगको एकतामा आफूहरू सहमत नहुने घोषणासमेत गरे ।

एकताको निर्णय भए पनि आफूहरू पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने उनले बताए । एमालेसँग विद्रोहको औचित्य पुष्टि नहुँदै पार्टीलाई विसर्जन र विलयको बाटोमा पुर्‍याउने काम भएको भन्दै खनालले आपत्ति जनाए । खनालले भ्रष्टाचारको मुद्दा लागेपछि सार्वजनिक पदमा बस्न मिल्दैन भनेर संसद्बाट निलम्बन हुने व्यवस्था भएको भन्दै अध्यक्षमा पनि रहन नमिल्ने बताए ।

महासचिव भुसालले सबै एकताले शक्ति प्राप्त नगर्ने भन्दै मान्छे जम्मा गर्नु मात्रै एकता नभएको बताएका छन् । जेन–जी आन्दोलनमा भूराजनीतिक चलखेल भए पनि नेपाली जनताकै असन्तुष्टिलाई प्रयोग गरेको भन्दै उनले सबै पार्टीका प्रमुख नेता त्यसमा जिम्मेवार रहेको बताए । तसर्थ माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेतृत्व छाड्नुपर्ने भुसालको तर्क छ । ‘तपाईंहरूले अब नेतृत्व छाड्ने हो भने एकताको वातावरण बन्न सक्छ । अन्यथा झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा धोका हुन्छ,’ उनले भने । 

बैठकमा वरिष्ठ नेता एवं एकता वार्ता कार्यदलका सदस्य प्रमेश हमालले मुख्यत: तीन विषयलाई प्रधान बनाएर माओवादीसँग वार्ता भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending