Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति

खबरडबली संवाददाता

क्वालालम्पुर । संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ ।

हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । । उनले भने, “शान्ति, स्थिरता र राम्रो सम्बन्ध हाम्रा दुवै महान् र शक्तिशाली देशहरूको साझा मार्ग हो भन्नेमा हामी सहमत भयौँ ।”

यसअघि उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दक्षिण चीन सागरमा चीनका ‘अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू’ विरुद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गरेका थिए ।

“दक्षिण चीन सागरमा चीनका व्यापक क्षेत्रीय र समुद्री दाबीहरू, विवादहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धतासँग मेल खान्नन्”, उनले आसियानका रक्षा मन्त्रीहरूसँगको बैठकमा भने, “हामी शान्ति चाहन्छौँ, द्वन्द्व होइन । तर हामीले सुनिश्चित गर्नुपर्छ कि चीनले कुनै पनि मुलुकलाई हावी हुन नपाओस् ।”

दक्षिण चीन सागर एसियाको सबैभन्दा संवेदनशील र अस्थिर क्षेत्रहरूमध्ये एक हो । चीनले यो सागरको प्रायः सम्पूर्ण भागमाथि दाबी गरेको छ भने आसियानका सदस्य राष्ट्रहरू — फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाई — ले पनि आफ्नो तटीय स्वामित्व दाबी गरेका छन् । अमेरिकी सहयोगी फिलिपिन्स र चीनबीच यस क्षेत्रमा बारम्बार झडप भइरहेका छन् ।

फिलिपिन्सले बलियो क्षेत्रीय प्रतिक्रियाको माग गर्दै आएको भए पनि आसियानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सन्तुलन कायम गर्न प्रयास गरिरहेको छ ।

हेग्सेथले सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि यस विषयमा कुरा गरेको र दुवै जना ‘अमेरिका–चीन सम्बन्ध पहिलेको तुलनामा अहिले धेरै राम्रो भएको’ कुरामा सहमत भएको बताए ।

उनले भने, “दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको ऐतिहासिक भेटले अमेरिका र चीनका लागि दीर्घकालीन शान्ति र समृद्धिको स्वर तय गरेको छ ।” हेग्सेथ हाल भियतनाम भ्रमणका लागि मलेसियाबाट प्रस्थान गरेका छन् ।

कूटनीतिक स्तरमा अमेरिकाबाट आएको विपरित सन्देश — आसियान बैठकमा कडा चेतावनी र त्यसपछि मेलमिलापपूर्ण अभिव्यक्ति — ले वासिङ्टनले बेइजिङसँगको तनावका बीच सन्तुलित नीति अपनाउने प्रयासलाई प्रष्ट पार्दछ ।

दक्षिणपूर्वी एसियाली राजनीतिक विश्लेषक ब्रिजेट वेल्शले भने, “यो स्थिति एक प्रकारको क्षति नियन्त्रण हो । यो अमेरिका भित्र चीनबारे रहेका दुई दृष्टिकोण — एउटा जसले चीनलाई खतरा मान्दछ र अर्को जसले सम्भावित साझेदारका रूपमा हेर्दछ — को प्रतिबिम्ब हो ।”

शनिबारको बैठकमा हेग्सेथले चीनले सन् २०१२ मा फिलिपिन्सबाट कब्जा गरेको स्कारबोरो सोललाई हालै ‘प्रकृति आरक्ष’ घोषणा गरेको कदमको कडा आलोचना गरे । उनका अनुसार यो कदम चीनले आफ्नो क्षेत्रीय र समुद्री दाबी विस्तार गर्न अर्को प्रयास हो ।

उनले आसियान सदस्य राष्ट्रहरूलाई चीनसँग लामो समयदेखि रोकिएको समुद्री आचारसंहिता छिटो टुङ्ग्याउन आग्रह गरे । साथै, समुद्रमा उक्साहट रोक्न साझा निगरानी प्रणाली र द्रुत प्रतिक्रिया संयन्त्र निर्माण गर्न प्रस्ताव गरे ।

उनले भने, “साझा समुद्री डोमेन जागरूकता प्रणालीले कुनै पनि सदस्य मुलुकलाई एक्लो महसुस हुन दिने छैन र आक्रामकता वा उक्साहटको सामना सामूहिक रूपमा गर्न सहयोग पुर्‍याउनेछ ।”

उनले डिसेम्बरमा हुने आसियान–अमेरिका संयुक्त समुद्री अभ्यासलाई स्वागत गर्दै यसले क्षेत्रीय समन्वय र नेभिगेसन स्वतन्त्रता सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

चीनले भने अमेरिकाको आलोचना अस्वीकार गर्दै वासिङ्टनमाथि क्षेत्रीय मामिलामा अनावश्यक हस्तक्षेप गरेको र आफ्नो सैन्य उपस्थिति बढाएर तनाव उक्साएको आरोप लगाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार चीनका गस्ती र निर्माण गतिविधिहरू वैध हुन् र ती आफ्नै सार्वभौमिक भूभागमा सुरक्षा कायम राख्नका लागि हुन् ।

यसैबीच, फिलिपिन्सले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डसँग दक्षिण चीन सागरमा संयुक्त नौसैनिक तथा हवाई अभ्यास गरेपछि चिनियाँ अधिकारीहरूले मनिलामाथि ‘क्षेत्रीय अस्थिरता बढाउने कार्यमा संलग्न’ भएको आरोप लगाएका छन् ।

चीनको पिपुल्स लिबरेसन आर्मी साउदर्न थिएटर कमान्डका प्रवक्ता तियान जुनलीले भने, “यस अभ्यासले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पारेको छ । यसले फिलिपिन्स दक्षिण चीन सागरको विषयमा समस्या सिर्जना गर्ने र क्षेत्रीय स्थिरताको विघातक भएको पुष्टि गर्दछ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending