काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार दुवै जना क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं आएका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लागुऔषध नेपाल भित्र्याउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार पक्राउबाट जोगिन उनीहरूले फरक योजना बनाएका थिए। उनीहरूले विमानस्थलको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत ती सामान रिसिभ गर्ने योजना बनाएको पाइएको उनले बताए।
प्रहरीले उनीहरूबाट बरामद भएको १८ किलो गाँजासहित थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनाको नेपालमा रहेका सम्भावित सम्पर्क तथा लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...
श्रावण २७ गते, २०८३ - १५:२१
विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (...
श्रावण २७ गते, २०८३ - १५:०४
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...
श्रावण २७ गते, २०८३ - १४:५१
काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...
श्रावण २७ गते, २०८३ - १४:०५
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । ...
श्रावण २७ गते, २०८३ - १३:४८
महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...
श्रावण २७ गते, २०८३ - १३:४८
महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...



प्रतिकृया लेख्नुहोस्: