सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो उत्पादन र सांस्कृतिक पहिचान झल्काउने रैथाने बालीहरू संरक्षण गर्ने काम तीव्र पारेको छ। चिनो, कागुनो, उवा, लट्टे, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई रैथाने बालीको रूपमा सूचीकृत गर्दै ‘मूल्यवान्’ लोगो कार्यक्रम लागू गरिएको छ।
प्रदेश सरकारले निजी तथा सहकारी क्षेत्रसँग मिलेर उत्पादन, पैकिङ र बिक्री व्यवस्थापन गर्दै रैथाने बालीको बजार मूल्य अभिवृद्धि गर्ने प्रयास थालेको छ। मूल्यवान् लोगो टाँसिएका प्याकेजमा उत्पादन मिति, तौल, उत्पत्ति स्थल र ग्रेड खुलाइएको हुनुपर्छ।
कर्णालीले खाद्यान्न आत्मनिर्भरता हासिल गर्न चार जिल्लामा पर्याप्त उत्पादन भएको छ। सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र जुम्ला जिल्लामा वार्षिक उत्पादनले आवश्यकताभन्दा बढी खाद्यान्न उपलब्ध गराइन्छ भने डोल्पा, हुम्ला, मुगु र कालीकोटमा केही अभाव छ।
प्रदेश सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना र कृषकलाई अनुदान तथा कर्जा सुविधा उपलब्ध गराउने नीति लागू गरेको छ। पाँच हेक्टरभन्दा बढी खेती गर्ने कृषकको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
खाद्यान्न व्यवस्थापनका लागि प्रदेशले बिक्री केन्द्र, सुपथ मूल्य पसल र डिपोमार्फत वितरण प्रणाली व्यवस्थित गरेको छ। चालु आवमा २७ गाउँ केन्द्रित सुपथ मूल्य पसल सञ्चालनमा छन् भने अघिल्लो वर्ष २६ हजार २३९ क्विन्टल चामल बिक्री गरिएको थियो।
कर्णाली सरकारले रैथाने बाली संरक्षण र खाद्यान्न आत्मनिर्भरता अभियान मार्फत कृषि विकास, सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: