काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सोमबार भारत प्रस्थान गरेको छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलसहित वरिष्ठ अधिकृतहरूले हार्दिक बिदाइ गरेका गरे ।
महानिरीक्षक अर्यालसँगै सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तण्डुकार र सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल पनि त्यसतर्फ प्रस्थान गरेको छन्।
समन्वयात्मक बैठक भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म आयोजना हुने छ।
बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, सूचना आदान–प्रदान र सीमा सुरक्षालाई अझ सुदृढ बनाउनका उपायबारे दुई देशका सुरक्षा निकायबिच विस्तृत छलफल हुने छ।
नेपाल–भारतबिच नियमित रूपमा हुँदै आएको यस किसिमको बैठकले दुवै देशबिचको सीमा क्षेत्रमा शान्ति, सुरक्षा, आपसी समन्वय र सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने जानकारी सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: