Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

खबरडबली संवाददाता

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सोमबार भारत प्रस्थान गरेको छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलसहित वरिष्ठ अधिकृतहरूले हार्दिक बिदाइ गरेका गरे । 

महानिरीक्षक अर्यालसँगै सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तण्डुकार र सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल पनि त्यसतर्फ प्रस्थान गरेको छन्।

समन्वयात्मक बैठक भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म आयोजना हुने छ। 

बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, सूचना आदान–प्रदान र सीमा सुरक्षालाई अझ सुदृढ बनाउनका उपायबारे दुई देशका सुरक्षा निकायबिच विस्तृत छलफल हुने छ।

नेपाल–भारतबिच नियमित रूपमा हुँदै आएको यस किसिमको बैठकले दुवै देशबिचको सीमा क्षेत्रमा शान्ति, सुरक्षा, आपसी समन्वय र सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने जानकारी सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्ति...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ, लागुऔषध विवाद मुख्य कारण

कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...

विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending