Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

खबरडबली संवाददाता

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलहरूसँग नजिकिएपछि एमाले एक्लिएको देखिएको हो।

मुख्यमन्त्री सरोज यादवले सोमबार महोत्तरीको होटलमा शपथ लिएका थिए। सर्वोच्चको आदेशपछि उनले मंगलबार मात्रै पदभार ग्रहण गर्न पाए। तर, उनको सरकार कति दिन टिक्ने भन्ने यकिन छैन। अहिले उनी कांग्रेसलाई फकाउने र मधेशी दलहरूसँग दूरी बनाउने रणनीतिमा छन्।

तर, मंगलबार भएको प्रदर्शनमा कांग्रेस सचेतक कुँवरकान्त झा घाइते भएपछि कांग्रेस सहजै मधेशी दलहरू छाडेर एमालेसँग आउने सम्भावना देखिँदैन। कांग्रेस र एमाले मात्रै मिलेर पनि मधेशमा स्थिर सत्ता गणित बन्न कठिन देखिएको छ।

सत्तामा टिक्न एमालेले मधेशी शक्ति लोसपा, जसपा, जनमत वा नेकपा (विप्लव समूह) मध्ये कसैको साथ लिनुपर्ने परिस्थिति छ। तर, कांग्रेसले एमालेसँग सहकार्य गरे जनमत पार्टीलाई समेत तान्न सक्ने सम्भावना देखिन्छ।

यसको अर्थ पुरानो गठबन्धन पुनर्जीवित हुनुका साथै माघमा हुने राष्ट्रियसभामा एक सिट जनमतलाई दिने सहमति हुन सक्ने विश्लेषण पनि गरिएको छ। जनमत अध्यक्ष डा. सिके राउत आफ्ना दाजु र पार्टी उपाध्यक्ष जयकान्त राउतलाई राष्ट्रियसभामा पठाउने तयारीमा रहेको स्रोत बताउँछ। तर, एमालेभित्रकै असन्तुष्टिका कारण कांग्रेस र जनमतलाई मनाउन झन् चुनौतीपूर्ण भएको बताइन्छ।

मधेशमा बरु नेकपा र मधेशी दलहरू नजिकिँदै एमालेलाई अलग गर्ने रणनीति अघि बढाइरहेका छन्। कांग्रेसका लागि पनि यो समीकरण सजिलो छैन। जनमत पार्टीबाट धोका पाएर मुख्यमन्त्री गुमाएको कांग्रेस त्यही गठबन्धनतर्फ फर्किँदै छ।

त्यसपछि एमालेका लागि संविधानको धारा १६८(३) अन्तर्गत मात्र सरकार गठनको बाटो खुलेको थियो। प्रदेश प्रमुख र न्यायाधीवक्ताको सुझावमा एमालेले सरकार गठन गर्न सफल भए पनि, यसले प्रदेश प्रमुखकै पदमाथि प्रश्न उठाएको छ।

कांग्रेससहितका सात दल अहिले मधेश प्रदेशका सभामुख र मुख्यमन्त्रीविरुद्ध आन्दोलनमा उत्रिएका छन्। सभामुख रामचन्द्र मण्डल एमालेबाट निर्वाचित हुन्। उनले आफूले लचकता देखाएर सरकार बनाउन सहयोग गरेको तर मधेशी दलहरूले त्यसको कदर नगरेको गुनासो गरेका छन्।

उता, निवर्तमान मुख्यमन्त्री **जितेन्द्र प्रसाद सोनार (सोनल)**ले अझै मुख्यमन्त्री निवास खाली नगरेका छन्, जसका कारण नयाँ मुख्यमन्त्रीले सरकारी निवास ग्रहण गर्न पाएका छैनन्। बिहानैदेखि सात दलको आन्दोलन सुरू भइसकेको छ।

यसबीच काठमाडौंमा कम्युनिस्ट पार्टीहरू एकता प्रक्रियामा जुटिरहेका बेला मधेशमा भने आन्दोलन र अस्थिरताको रापताप बढ्दै गएको छ। सात वर्षदेखि मधेशको सत्ता सम्हाल्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपाल र हालै सत्ता गुमाएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणको तयारी तीव्र बनेको छ।

सोमबार जनकपुरको होटलमा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको छलफलमा दुई दलबीच संभावित एकीकरणबारे सहमति खोज्ने प्रयास भएको थियो।

यदि यी दुई दल मिले भने उनीहरूको संयुक्त शक्ति २६ सिट पुग्नेछ। त्यसमा नेकपा (एकीकृत समाजवादी)का ७ र माओवादी केन्द्रका ९ सदस्यको समर्थन जोडिँदा सत्ता समीकरण एमालेविरुद्ध जान सक्ने देखिन्छ। त्यसपछि एमाले–कांग्रेस–जनमत गठबन्धन प्रतिपक्षमै सीमित हुन सक्ने विश्लेषण गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending