Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

प्रतिनिधिसभा निर्वाचनका लागि ३७ दलले गरे दर्ता, कांग्रेस र एमाले बाँकी

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हालसम्म ३७ वटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्। हाल कुल १२६ दल दर्ता भइसकेका छन् भने ३० दलको दर्ता प्रक्रिया जारी छ।

दल दर्ता गरेका केही दलहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेमकिपा, रास्वपा, जनता समाजवादी पार्टी ९जसपा० लगायत रहेका छन्। नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरूले दर्ता गर्न बाँकी छ।

निर्वाचन आयोगले मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ। फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता विवरण मङ्सिर २० मा आयोगको वेबसाइटमा प्रकाशन हुनेछ। विवरणमा त्रुटि भएमा मङ्सिर २१–२७ गते सच्याउन सकिनेछ। अन्तिम मतदाता नामावली पुस १५ मा प्रकाशित गरिनेछ। आयोगले सुरक्षा र व्यवस्थापन तयारीका लागि कार्ययोजना बनाएको पनि जानकारी दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्ति...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ, लागुऔषध विवाद मुख्य कारण

कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...

विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...

विद्यालयबाट नगदसहित क्यामेरा र मोबाइल चोरी

पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending