काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य तथा नातेदारलाई नियुक्त गरेको भन्दै आएको आलोचनाप्रति आधिकारिक प्रतिक्रिया दिएको छ। सचिवालयका अनुसार थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा ‘नातेदार नियुक्ति’ भनी गरिएको प्रचार निराधार र तथ्यविहीन छ।
चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलमार्फत सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको निवासमा चौबीसै घण्टा नजिकबाट सहयोग गर्नुपर्ने भएकाले सुरक्षाका कारण विश्वासिलो र भरपर्दो व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर अन्यथा व्याख्या नगर्न अनुरोध गर्दछौं।”
विज्ञप्तिमा प्रमुख स्वकीय सचिवमाथि अनावश्यक लाञ्छना लगाइएको उल्लेख गर्दै थर मिलेकै आधारमा नातेदारका रूपमा प्रचार गर्नु गलत भएको स्पष्ट गरिएको छ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको बलमा पाएको जनसमर्थनअनुरूप मितव्ययिता, पारदर्शिता र जवाफदेहिताप्रति जिम्मेवार भएर काम गरिरहेको सचिवालयले दाबी गरेको छ।
सचिवालयले राज्यकोषमा कमभन्दा कम भार पर्न र छरितो रूपमा काम गर्नुपर्ने भएकाले अत्यन्त न्यून जनशक्तिबाट कार्यालय सञ्चालन भइरहेको जनाएको छ।
विज्ञप्तिअनुसार कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सकिने व्यवस्था भए पनि अहिले २ जना मात्र नियुक्त छन्। त्यस्तै १९ जना विशेषज्ञ कर्मचारी राख्न सकिने भए पनि ४ जनामात्र, जसमध्ये एक अवैतनिक छन्। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत छन्।
“कुल ६७ जनाको दरबन्दीमध्ये विगतका सरकारहरूले प्राय: पूर्ण पदपूर्ति गर्दै आएका भए पनि हाल प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी कामका लागि २० जनाको मात्र सचिवालय सञ्चालन गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: