Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

प्रधानमन्त्री कार्कीको सचिवालयको स्पष्टीकरण: स्वकीय सचिवमाथि लगाइएका आरोप निराधार र तथ्यविहीन

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य तथा नातेदारलाई नियुक्त गरेको भन्दै आएको आलोचनाप्रति आधिकारिक प्रतिक्रिया दिएको छ। सचिवालयका अनुसार थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा ‘नातेदार नियुक्ति’ भनी गरिएको प्रचार निराधार र तथ्यविहीन छ।

चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलमार्फत सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको निवासमा चौबीसै घण्टा नजिकबाट सहयोग गर्नुपर्ने भएकाले सुरक्षाका कारण विश्वासिलो र भरपर्दो व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर अन्यथा व्याख्या नगर्न अनुरोध गर्दछौं।”

विज्ञप्तिमा प्रमुख स्वकीय सचिवमाथि अनावश्यक लाञ्छना लगाइएको उल्लेख गर्दै थर मिलेकै आधारमा नातेदारका रूपमा प्रचार गर्नु गलत भएको स्पष्ट गरिएको छ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको बलमा पाएको जनसमर्थनअनुरूप मितव्ययिता, पारदर्शिता र जवाफदेहिताप्रति जिम्मेवार भएर काम गरिरहेको सचिवालयले दाबी गरेको छ।

सचिवालयले राज्यकोषमा कमभन्दा कम भार पर्न र छरितो रूपमा काम गर्नुपर्ने भएकाले अत्यन्त न्यून जनशक्तिबाट कार्यालय सञ्चालन भइरहेको जनाएको छ।

विज्ञप्तिअनुसार कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सकिने व्यवस्था भए पनि अहिले २ जना मात्र नियुक्त छन्। त्यस्तै १९ जना विशेषज्ञ कर्मचारी राख्न सकिने भए पनि ४ जनामात्र, जसमध्ये एक अवैतनिक छन्। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत छन्।

“कुल ६७ जनाको दरबन्दीमध्ये विगतका सरकारहरूले प्राय: पूर्ण पदपूर्ति गर्दै आएका भए पनि हाल प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी कामका लागि २० जनाको मात्र सचिवालय सञ्चालन गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्ति...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ, लागुऔषध विवाद मुख्य कारण

कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...

विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...

विद्यालयबाट नगदसहित क्यामेरा र मोबाइल चोरी

पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending