Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विवाहको प्रलोभनमा शारीरिक सम्बन्ध, नाबालिका बिच्चलीमा

खबरडबली संवाददाता

सप्तरी। सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नबालिका बिच्चलीमा परेकी छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का २२ वर्षीय परमेश्वर कुमार मुखियाले नाबालिकालाई प्रेममा फँसाएर बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएर छाडेपछि उनी बिच्चलीमा परेकी हुन् ।

झापाको बिर्तामोडमा सडक मर्मत कार्यको रेखदेख गर्दै आएका परमेश्वरले पहिलेदेखि आफूलाई प्रेम गर्दै आएको र मङ्सिर ६ गते बिहे गर्ने भनेर विर्तामोड बोलाई दुई दिनसम्म त्यही राखेर शारीरिक सम्बन्ध स्थापित गरेको पीडित नाबालिकाले बताइन् ।

“तिमीसँग बिहे गर्छु भन्दै विर्तामोड बोलाएर शारीरिक सम्पर्क गर्यो, पछि जन्मदर्ता प्रमाणपत्र ल्याउनुपर्छ भन्दै मलाई भारदहसम्म ल्याएर त्यहि छोडिदियो ।’’ नबालिकाले भनिन् ।

दुई दिनपछि घर आएकी नाबालिककासँग बुबाआमाले सोधखोज गरेपछि घटना बाहिरिएको हो । नबालिकका बुबाआमाले यसबारे परमेश्वरका बुबाआमासँग बिहेबारे कुरा गरेपनि अस्वीकार गर्दा छोरी बिचल्लीमा परेको पीडितका बुबा बताउछन ।

परमेश्वरले मोबाइलको स्विच अफ राखेको र बुबाआमा पनि बिहे गर्न नमान्दा प्रहरीसमक्ष उजुरी दिएको पीडितका बुबा बताउछन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटनाबारे जाहेरी आएको र त्यसलाई आवश्यक कारबाही प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर पठाइएको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending