काठमाडौँ । नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दै गएको विषयले स्वास्थ्य विशेषज्ञहरू र आम जनतालाई चिन्तित बनाएको छ। रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झाको विश्लेषण अनुसार, केवल परीक्षण र अस्पताल सुविधा बढे भन्ने कारणले मात्र क्यान्सरको संख्या देखिएको होइन, रोग वास्तविक रूपमा बढ्दै गएको छ।
डा. झाको भनाइ अनुसार, पहिले जीवनशैली पूर्ण रूपमा प्राकृतिक र सक्रिय थियो। मान्छेहरू बिहान छिटो उठ्थे, खेतबारीमा काम गर्थे, प्राकृतिक घाम र हावामा रहन्थे। तर अहिले कृषिमा अत्यधिक रासायनिक मल, कीटनाशक र विषादीको प्रयोग, भौतिक गतिविधिमा कमी, मोटोपन, वायु प्रदूषण र अस्वस्थ जीवनशैलीले दीर्घरोगको जोखिम बढाएको छ।
“दीर्घ रोगहरू एकैचोटी सर्ने रोग होइनन्; वर्षौँसम्म शरीरमा विषाक्त पदार्थ जम्मा हुँदा उत्पन्न हुन्छन्,” उनले भने।
शहर मात्र होइन, गाउँ पनि जोखिममा
क्यान्सर केवल शहरमा मात्र देखिन्छ भन्ने धारणा गलत हो। विषादीयुक्त तरकारी र फसल उत्पादन शहर र गाउँ दुवैमा पुग्ने भएकाले दुवै स्थानमा जोखिम बराबर छ। ग्रामीण क्षेत्रमा ब्लड क्यान्सर र अन्य प्रकारका क्यान्सर बढेको डा. झासँगको अनुभव छ।
उपचारको पहुँच र क्षमता सीमित
नेपालमा क्यान्सरको उपचार सम्भव भए पनि दक्ष जनशक्ति कम, अत्याधुनिक उपकरण सीमित, र बहुविशेषतायुक्त टिमहरू शहरी क्षेत्रमा मात्र केन्द्रित छन्। अधिकांश बिरामी स्टेज ३–४ मा आउँदा उपचार जटिल बन्छ। सरकारी अस्पतालमा डायग्नोसिस महिनौँसम्म ढिला हुने, अनावश्यक परीक्षण बढ्ने कारणले बिरामीहरू उपचारका लागि भारत जाने प्रचलन बढेको छ।
निवारक कदम आवश्यक
डा. झा सरकारले रोकथाममा ध्यान दिनुपर्ने जोड दिन्छन् । उनका मुख्य सुझावहरू यसप्रकार छन्:
खाना शुद्ध बनाउने, जीवनशैली सक्रिय बनाउने र वातावरण जोगाउने तीनै उपाय अपनाएमा ७०–८० प्रतिशत दीर्घ रोग कम गर्न सकिन्छ। रोकथाम व्यक्तिगत, सामाजिक र सरकारी तहको साझा जिम्मेवारी रहेकाे डा. झाको निष्कर्ष छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: