तुलसीपुर । तुलसीपुर मेट्रो कलेज कानून संकायका विद्यार्थीहरू नविन केसी लगायतले गाउँ–गाउँका विद्यालयमा पुगेर कानूनी ज्ञान बाँडिरहेका छन्। बालविवाह, बालअधिकार, लैंगिक हिंसा र अन्य विविध कानूनी विषयमा विद्यार्थीहरूसँग संवाद गर्दै उनीहरूले विद्यार्थीमा कानूनी साक्षरता बढाउने काम गरिरहेका छन्।
दंगिशरण गाउँपालिका अन्तर्गत मधुपुर माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूसँग कार्यक्रम सञ्चालन गर्दै केसीले कानूनी जानकारी पाउँदा विद्यार्थीहरूले खुसी भएको बताए।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विद्यार्थीहरूले कानूनी ज्ञान बाँड्न थालेका हुन्। कानून संकायका विद्यार्थी सविना रानाले भने, “कतिपय सामान्य कुरा नथाहा हुँदा विद्यार्थीहरू आफ्ना अधिकारबाट बञ्चित हुन्छन्। बालविवाह रोकथामका लागि कानूनी साक्षरता फैलाउनु महत्वपूर्ण छ।”
दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले विद्यार्थीहरूको पहलको प्रशंसा गर्दै कानूनको ज्ञान सबैका लागि अपरिहार्य भएकोमा जोड दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित बालापुर माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूले समान कार्यक्रम सञ्चालन गरेका छन्। विद्यार्थी आयुष उप्रेतीले भने, “कानूनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने भएकाले यसको कार्यान्वयनमा सबैले जागरुक हुनुपर्छ।”
कलेज प्रमुख बसन्त आचार्यका अनुसार, विगतदेखि नै कलेजले विकट गाउँहरूमा कानूनी ज्ञान फैलाउन विद्यार्थी परिचालन गर्दै आएको छ। यस अवधिमा करिब १ दर्जन विद्यालयमा यस्तो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको जानकारी उनले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: