दमक। नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मिटरव्याजीहरूमाथि कारबाही गरिने बताएको छिन्।
‘झापा–२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने’ संकल्पसहित शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै उहाँले प्रतिबद्धतापत्र प्रस्तुत गरिन्। समाजमा व्याप्त मिटरव्याजी समस्या समाधान गर्नेदेखि धार्मिक क्षेत्रहरूको विकाससम्मका योजना उनको प्रतिबद्धतापत्रमा समावेश छन्। विराटपोखरी, अर्जुनधारा, जलेश्वर धाम, सालबारी र निचाझोडा क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास गर्ने योजनाहरू पनि उल्लेख गरिएको छ।
उनले भनिन्, “समाजमा व्याप्त मिटरव्याजी समस्या समाधान, सामाजिक रूपमा बहिष्कृत व्यक्तिको पुनस्र्थापना, खानेपानी तथा सिँचाइ व्यवस्थापन, प्राविधिक र रोजगारमुखी शिक्षाको विकास, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, युवाको नेतृत्व विकास र खेलकुद पूर्वाधार विस्तार मेरो प्रतिबद्धता हो।”
प्रतिबद्धतापत्रमा ‘एक वडा–एक पुस्तकालय’ अभियान, कृषि, पशुपालन र दुग्ध उत्पादन प्रवद्र्धन, किसानलाई मल तथा बीउ–बिजनको सहज आपूर्ति सुनिश्चित गर्ने विषयसमेत उल्लेख गरिएको छ। धर्मशिला चापागाईं पहिलो संविधानसभा सदस्यमा निर्वाचित भइसकेकी थिइन् र मन्त्री पनि बनेकी छिन्।
झापा–२ मा रोचक प्रतिस्पर्धा देखिएको छ। निर्वतमान सभामुख देवराज घिमिरे नेकपा एमालेबाट, निवर्तमान उपसभामुख इन्दिरा रानामगर रास्वपाबाट, सरिता प्रशाई नेपाली काँग्रेसबाट, भद्रप्रसाद नेपाल राप्रपाबाट उम्मेदवार रहँदै छन्। डा। युवराज संग्रौला स्वतन्त्र उम्मेदवार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: