हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको सरस्वती माविले गत भदौबाट लगातार शिक्षक भर्नाका लागि विज्ञापन गर्दा कसैबाट पनि निवेदन पेश नगरिएको हो ।
गत भदौमा १५ दिनको अवधि राखेर सुरु गरिएको शिक्षक भर्नाका लागि गरिएको विज्ञापनमा कसैको पनि निवेदन नपरेका कारण त्यसपछि पनि एक हप्ताको समयावधि राखेर चार पटक विज्ञापन गरएको थियो । यस समयमा पनि कसैको निवेदन नपरेको विद्यालयका प्रधानाध्यापक जयत्रहादुर धामीले बताए।
सङ्घीय अनुदानमा विज्ञान र गणित शिक्षक भर्नाका लागि सर्केगार्ड गाउँपालिकाले बजेटको व्यवस्था गरेको थियो । अघिल्लो चार पटक गरिएको विज्ञापनमा निवेदन मात्र नआएर फोन पनि नआएको बताउँदै उनले यो पछिल्लो पाँचौँ पटकको विज्ञापनमा भने दुई जनाले फोन गरेको भए पनि सम्पर्कमा नआएको बताए। सो अनुदानमा माविको शिक्षकका लागि तलब स्केल मात्र व्यवस्था गरिएको थियो । चार पटठक विज्ञापन गर्दा कसैको निवेदन नपरेपछि अभिभावक भेलामा वडा अध्यक्षलाई समेत उपस्थिति गराएर स्थानीय भत्ता वडाले व्यहोर्ने प्रतिबद्धता जनाएको विज्ञापन गर्दा पनि कसैको निवेदन नपरेको उनले बताए।
दुर्गम र तलब स्केल मात्र व्यवस्था भएका कारण शिक्षक भर्नामा समस्या आएको छ । जिल्लामा विज्ञान विषयका शिक्षक लाइसेन्स भएका जनशक्ति नभएको र बाहिरकाले न्यून पारिश्रमिक भएका कारण आउन नमानेको उनले बताए। शिक्षक भर्ना गर्न नसकिएपछि कक्षा आठदेखि दससम्म पठनपाठनमामा समस्या आउने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १४:०१
दमक। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलक अप्ठेरो परिस्थितिमा गुज्रिएको र अस्थिरता कायम गराउन खोजिएकाले सबैलाई सचेत हुन...
फाल्गुन ४ गते, २०८२ - १३:४३
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको विषयमा विरोध ज...
फाल्गुन ४ गते, २०८२ - १३:२९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन्। सो...
फाल्गुन ४ गते, २०८२ - १३:१७
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आ...
फाल्गुन ४ गते, २०८२ - १२:४८
दमक। झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्...
फाल्गुन ४ गते, २०८२ - १२:३१
काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ। ...
फाल्गुन ४ गते, २०८२ - १२:१४
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...
फाल्गुन ४ गते, २०८२ - १२:०६
काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
फाल्गुन ४ गते, २०८२ - ११:५६
बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...
फाल्गुन ४ गते, २०८२ - ११:४०
काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...



प्रतिकृया लेख्नुहोस्: